डलरको मूल्य घट्यो - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

डलरको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
Sunrise
डलरको मूल्य घट्यो
LBEF

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट देखिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.४९ रुपैयाँ रहेको छ भने बिक्रीदर ११९.०९ रुपैयाँ रहेको छ । युरोमा पनि केही गिरावट देखिएको छ । युरोको खरिद दर १३०.६१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१.२८ रुपैयाँ रहेको छ । 

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १४३.६४ रहँदा बिक्री दर १४४.३६ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८२.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८४.६० रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.८० रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.३९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस