दुई सय ट्रक एक महिनादेखि केरुङमै - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

दुई सय ट्रक एक महिनादेखि केरुङमै

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ०५ चैत्र २०७६
Sunrise
दुई सय ट्रक एक महिनादेखि केरुङमै
LBEF

काठमाडौं । चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडा लगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि नाकामै अलपत्र परेको बताए । सामान छुटाउनका लागि सरकारसँग पटकपटक पहल गरेपनि अहिलेसम्म सुनुवाई नभएको उनको भनाइ छ ।

“स्याउ लामो समयसम्म राख्न नमिल्ने भएकाले कुहिने अवस्थामा पुगेको छ,” उनले भने, “यसबाट व्यवसायीलाई ६५ देखि ७० करोड रुपैयाँ नोक्सान भएको छ ।” चीन सरकारले नाकामा कुनै रोक नलगाएको उल्लेख गर्दै उनले ‘चीनले समेत नाकामा रोक लगादियो भने सामानको जिम्मा कसले लिने रु’ भन्दै प्रश्न गरे । लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसायीको भनाइ छ ।

दुई सय ट्रक स्याउ नाकामा रोकिदा बजारमा उपभोक्ताले महँगोमा खरिद गर्नुपरेको छ । कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै सरकारले केरुङ नाका बन्द भएपछि फलफूल लत्ताकपडा लगायतका अन्य सामान रोकिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले केरुङ नाकामा रोकिएका सामान छुटाउनका लागि पहल भइरहेको बताइन् । एक महिनादेखि रोकिएका फलफूल बोकेका ट्रक छुटाउनका लागि सम्बन्धित निकायबीच छलफल भइरहेको उनले जानकारी दिइन् । चिनियाँ स्याउ भित्रिन नपाउँदा पछिल्लो समय बजारमा महँगी बढेको छ । प्रतिकेजी १५० रुपैयाँमा पाइने स्याउ अहिले २५० देखि ३०० रुपैयाँ पर्ने गरेको छ ।

स्वदेशी उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट ठूलो परिणाममा फलफूल आयात हुने गर्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वर्ष ४ अर्ब ९३ करोड रुपैयाँको स्याउ आयात भएकोमा चीनबाट ३ अर्ब ६५ करोड रुपैयाँको र एक अर्ब २६ करोड रुपैयाँको आयात भएको थियो । स्वदेशी उत्पादनले मागको एक महिनालाई पनि धान्न नसक्ने व्यवसायीको भनाइ छ ।

यसैबीच, चीनबाट आउने स्याउ, लत्ताकपडा लगायतका अन्य सामान रोकिएपछि बजारमा अभाव भएको छ । न्युरोडका व्यापारी दिनेश अग्रवालले केरुङ नाका बन्द भएपछि सामान लोडगरेका सामान रोकिएको बताए । सामान नआउँदा व्यवसायीलाई करोडौ रूपैयाँ नोक्सान भएको उनको भनाइ छ । नाका नै बन्द भएपछि बजारमा सामान आउन छोडेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । चीनबाट सस्तो मूल्यमा सामान आयात हुँदा बजारमा उपभोक्ताले सुपथ मुल्यमा सामान पाउने गर्छन् ।

आठ मुलुकबाट कृषिजन्य वस्तु आयत बन्द
सरकारले आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्री आयातमा तत्कालका लागि रोक लगाएको छ । कोरोना त्रासको कारण कृषि मन्त्रालयले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ वटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको जनाउको छ । रोक लगाइएका मुलुकमा चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेन छन् । कृषी तथा पशुपन्छी मन्त्रालयले फागुन २८ मा भन्सार कार्यालयहरूलाई पत्र पठाउँदै छालाका ब्याग, छालाकै गार्मेन्ट, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, ससेज लगायत जंक फुड र एफएमसीजी वर्गका मालवस्तु आयात नगर्न भनेको हो । कृषी मन्त्रालयको निर्देशनअनुसार भन्सार विभागले ८ मुलुकबाट आयात गरिने कृषिजन्य, पशुजन्य र बिरुवाजन्य खाद्यसामग्रीको आयातको अनुमतिपत्र दिन पनि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस