aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
Sunrise
नेप्सेमा २ कम्पनीको मूल्य समायोजन
LBEF

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो । 

द्धनेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ३९६ दशमलव १९ रुपैयाँ र महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य  ६८२ दशमलव ७३  रुपैयाँ तोकेको  छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।
 
नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा चैत २१ गते एयरपोर्ट होटल सिनामंगलमा हुँदैछ । कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, महिला सहयात्रा लघुवित्तले चैत २२ गते ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा आयोजना गरेको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


 

प्रतिक्रिया दिनुहोस