aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य
LBEF

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत पोखरास्थित हेरिटेज होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत, खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस