कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुरको ग्वार्कोमा - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुरको ग्वार्कोमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
Sunrise
कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुरको ग्वार्कोमा
LBEF

ललितपुर । कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा यही फागुन २९ गते आफ्नो १२३औ  शाखा सञ्चालनमा ल्याएको छ ।  

ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन र बैंकका संचालक  विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना र रणनीतिका बारेमा प्रकाश पारेका थिए । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।  बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस