तरकारीको मूल्यमा घटबढः यस्तो छ आजको भाउ - Aarthiknews
aarthiknews.com आइतबार, २३ चैत्र २०७६   Sunday, 05 April, 2020
 
Tansen_cement
Janahit Suchana

तरकारीको मूल्यमा घटबढः यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
Sunrise
तरकारीको मूल्यमा घटबढः यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । तरकारीको मूल्य सामान्यरुपमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सोमवार सबै भन्दा  बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५०, लसुन ३२०  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै  कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८०  रुपैयाँ रहेको छ । 

यस्तै भेडे खुर्सानी १३०  लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६०  रुपैयाँ, पालुगो ४०, मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको  छ । 

प्रतिक्रिया दिनुहोस