अपि पावरको शेयर मूल्य समायोजन, बोनस शेयर र हकप्रद प्रस्ताव गर्दै - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

अपि पावरको शेयर मूल्य समायोजन, बोनस शेयर र हकप्रद प्रस्ताव गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
Sunrise
अपि पावरको शेयर मूल्य समायोजन, बोनस शेयर र हकप्रद प्रस्ताव गर्दै
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पावर कम्पनीको बोनस तथा हकप्रद शेयरको मूल्य समायोजन भएको छ । 

५ प्रतिशत बोनस शेयर र ४६ दशमलव ७६५ हकप्रद शेयरको सामायोजन पछिको मूल्य रू. ११४ दशमलव ५० तोकेको  छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शनिवार बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट माईतिघरमा साधारण सभा आयोजना गर्दैछ । 

सभाले ५ प्रतिशत बोनस शेयर साथै ४७ दशमलव  ६२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

अपि पावरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाखको आधारमा १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर जारी गर्न फागुन १२ गते बोर्डको अनुमति पाएको हो । 

प्रतिक्रिया दिनुहोस