इशाराले बाेल्दा विमानस्थलका कर्मचारी अख्तियारकाे फन्दामा - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

इशाराले बाेल्दा विमानस्थलका कर्मचारी अख्तियारकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
Sunrise bank
इशाराले बाेल्दा विमानस्थलका कर्मचारी अख्तियारकाे फन्दामा
LBEF
NCH-IPS

इशाराले बोलेबापत एकजना कर्मचारी अहिले अख्तियारको फन्दामा परेका छन् । बैशाखको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित चार विदेशीमध्ये दुईले फल्स बटममा हालेर ल्याएको सुन ईशारा गरेर सोफाको बीचमा फ्याँक्न लगाउने भन्सार कर्मचारीविरुद्ध डोमा शेर्पाले अख्तियार गुहारेकी छन् । उनी भन्सार कार्यालयकी सहयोगी हुन् ।

दिउँसो १२ः५० बजे थाई एयरलाइन्सबाट ओर्लिएकी ४५ वर्षीया कम्बोडियन महिला थिएवी युवाई र भियतनामकी ६९ वर्षीया भोथी नुवोईबाट प्रहरीले सुन बरामद गरेको थियो । 

कम्बोडियन महिलाबाट नौ सय ३५ ग्राम (चार थान बाला, एक थान लकेट) र बाला गरी जम्म सात सय ४८ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूले सर्टको बाहुला जोड्ने ठाउँमा सुन लुकाएका थिए । मेटल डिटेक्टरले चेक गर्दा ‘टुँ–टुँ’ आवाज आउने, तर सामान नभेटिने भएपछि शरीर खानतलास गरिएको थियो । 

प्रहरीले सुन फेला नपार्दै सोफाको बीचमा सुटुक्क फ्याँकेपछि उनीहरू पक्राउ परेका हुन् । सिसिटिभीको फुटेज अध्ययनका क्रममा कर्मचारीले इशारा गर्दै उनीहरूसँग रहेको सुन सोफाको बीचमा फाल्न भनेको भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस