वायु सेवा निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउने बाटाे खुल्दै - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

वायु सेवा निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउने बाटाे खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
Sunrise
वायु सेवा निगमलाई ‘सार्वजनिक कम्पनी’  बनाउने बाटाे खुल्दै
LBEF

काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले निगमलाई ‘सार्वजनिक कम्पनी’ मा रूपान्तरण गर्न बाटो खुला गरिदिएको छ । 

सरकारले गत भदौमा निगमको संरचना बदलेर सार्वजनिक कम्पनीमा लैजाने भनेको थियो । निगम सञ्चालक समितिको बैठकले फागुन ८ मा सार्वजनिक कम्पनीमा लैजाने प्रस्ताव पारित गरेको थियो । 

हालको अवस्थालाई बदलेर ५० अर्बको अधिकृत पुँजी संरचना बनाउनुपर्ने रायसहित सरकारलाई निगम व्यवस्थापनले गत बुधबार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरिदिएको हो ।

निगमले हालको लगानी संरचनामा सरकारको ७५ प्रतिशत, सरकारी स्वामित्वका निकायलाई २२ प्रतिशत र निगममा कार्यरत स्थायी कर्मचारीलाई ३ प्रतिशत सेयर दिन सकिने राय मन्त्रालयलाई पठाएको हो । 

जसमा ५० अर्ब अधिकृत पुँजी, २५ अर्ब जारी पुँजी र २५ अर्ब चुक्ता पुँजी संरचना रहने भनिएको छ । निगमको वर्तमान पुँजी संरचना जम्मा ३ अर्बको छ, जसमध्ये अधिकृत पुँजी ३० करोडमात्रै हो ।

बैठकका निर्णयअनुसार निगमको व्यवस्थापनले सरकारलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस