८ हजार मृतकले पाए आर्थिक सहायता, ५३२ जना जेलमै - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana
वैदेशिक रोजगार सचिवालय

८ हजार मृतकले पाए आर्थिक सहायता, ५३२ जना जेलमै

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • आइतबार, २५ फागुन २०७६
Sunrise
८ हजार मृतकले पाए आर्थिक सहायता, ५३२ जना जेलमै
LBEF


काठमाडौं । वैदेशिक रोजगारमा गएका युवामध्ये हालसम्म आठ हजारले आर्थिक सहायता पाएका छन् । २०६५ सालयता वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका ८ हजार ५१ जनाले वैदेशिक रोजगार सचिवालयबाट आर्थिक सहायता पाएका हुन् । वैदेशिक रोजगारमा गएको र मृत्यु भएको अवस्थामा मृतकको परिवारले आर्थिक सहायता  पाउने गर्छन् । 

सचिवालयले २०७४ साल साउन १६ गते भन्दा पछाडी मृत्यु हुनेलाई ७ लाख, त्यो भन्दा अगाडि मृत्यु हुनेलाई ३ लाख र २०७९÷०७० भन्दा अगाडि ज्यान गुमाएका परिवारलाई डेढ लाख रुपैयाँ आर्थिक सहायात प्रदान गर्दै आएको छ ।  

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका युवाहरूको करार अवधिभित्र मृत्यु भएको अवस्था उसका परिवारले आर्थिक सहायता पाउने गर्दछन् । हालसम्म यस्तो सहायता लिनेमा ७ हजार ८ सय ६४ जना पुरूष र १ सय ७७ जना महिला रहेको वैदेशिक रोजगार सचिवालयका सूचना अधिकारी दिनबन्दु सुवेदी जानकारी दिए ।  

वैदेशिक रोजगारमा गएका युवाहरु विभिन्न कारणले विरामी हुने गरेका छन् । उनीहरुलाई उपचार खर्च पनि सचिवालयले उपलब्ध गराउँदै आएको छ । सचिवालयले विदेशमा रहेका २८ प्रकारका रोगी विरामीहरुको उपचार गरिरहेको छ । तर, बोर्डको नियम अनुसार गम्भिर प्रकारका बिरामीलाई उपचार गराउने त्यस्तो कार्यविधि भने केही पनि छैन । 

सचिवालयले वैदेशिक रोजगारमा गएका र अंगभंग भएका बिरामीलाई आर्थिक सहायता गर्दै प्रदान आएको छ । २०७६ को पहिलो चौमासिकसम्म २ सय ५१  मृतक कामदारको परिवारलाई आर्थिक सहायता दिइएको छ । सोमध्ये ८ जना महिला रोजगारका परिवारले सो सहायता पाएका हुन् ।

त्यस्तै अंगभंग भएका १ सय १९ विरामी परिवारका सदस्यलाई पनि आर्थिक सहायता प्रदान गरिएको छ । त्यसमा महिला २ जना र पुुरुष ११७ जना रहेका छन् । वैदेशिक रोजगारमा गएका ८ जना कामदारलाई औषधि उपचार वापत सहयोग गरिएको छ । त्यसमा महिला ७ जना रहेका छन भने पुरुष १ जना गरी जम्मा ८ जना रहेका छन् । 

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारमा गएका र अलपत्र परेका १९ जनालाई कमदारलाई सचिवालयले उद्धार गरेकोे छ । मृतकको शव झिकाउनको लागि बोर्डले ५६ जनालाई पत्रचार गरेको छ । त्यसमध्ये ४ जना महिला र ५२ जना पुरुष रहेका छन् । मृतक मध्ये २५० जनाको शव घरसम्म ढुवानी गरिएको छ । त्यसमध्ये ७ जना महिला र २ जना ४३ पुरुष रहेका छन् । 
वैदेशिक रोजगारमा गएकामध्ये कोमामा रहेका बिरामी मध्ये २ नेपालीको मृत्यु भएको छ भने २ नेपाली औषधी उपचार गरेर घर फर्किसकेका छन् । 

वैदेशिक रोजगारमा गएका ५३२ जना जेलमा

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ५ सय३२ जना जेलमा परेका छन् । वैदेशिक रोजगारबाट श्रम स्वकृती लिएर गएकाहरुलाई मात्र सचिवालयले निगरानी गर्ने गरेको छ । वैदेशिक रोजगारबाट श्रम स्वकृती लिएर गएकाहरु विभिन्न वहानामा जेलमा परेका छन् । उनिहरु सार्वजनिक स्थलमा झगडा गरेर, मदिराको प्रयोग गरेर, काटमार, हत्याको केश चोरी जस्ता विभिन्न अनैतिक क्रियाकलाप गरेको आधारमा जेल परेको सवेदीले जानकारी दिए । 

जेलमा रहेका कामदारलाई उद्दार गर्ने नेपाल झिकाउने सन्र्दभमा वैदेशिक रोजगारमा गएका कानुनी सहायता परार्मश उपलब्ध गराउन जरुरी छ भनेर नियोगबाट राय सहित परराष्ट्र मन्त्रालय मार्फत बोर्डमा आयो भने बोर्डले जेलबाट निकाल्न सहयोग गर्ने सुवदीले बताए । 

केही समय यता मात्र मलेसिया र आउदी अरबमा कानुनी परामर्श गर्न वकिल खर्च भनेर १०÷१० लाख रुपैयाँ पठाएको उनको भनाइ छ । उनले भने ‘नियम कानुन सबै ठाउँमा हुन्छ सबै जना आ–आफ्नो अनुशासनमा बस्नु पर्छ । सबै देशको आ–आफ्नो नियम हुने भएकोले त्यहाँ गएकाहरुले नियम कानुन मान्नु पर्छ । गल्ती गर्योे कसैले फसायो भने कानुनी सहायता माग्ने हो । गल्ती गर्नेले त नेपालमा पनि सजाय पाएको छ । त्यसकारण विना कारण भएको गल्तिमा सोझा साझा नेपाली नफसुन भनेर सचिवालयले सहायता गर्दे आएको छ’ । 

देशभित्र आवश्यकतामात्रामा रोजगारी सिर्जना हुन नसक्दा वर्षैपिच्छे लाखौं युवा कामको खोजीमा विदेशिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस