भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै

  • रासस
    रासस
  • आइतबार, २५ फागुन २०७६
Sunrise
भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै
LBEF

प्यूठान । प्यूठान नगरपालिका–६ मा अवस्थित मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झुलेनी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । केही उकालो यात्रा पार गरिसकेपछि समथल रहेको सो क्षेत्रमा पुग्न सकिन्छ । बीचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्यूठानका धेरैजसो भूभागसहित विभिन्न ठाउँको समेत अवलोकन गर्न सकिन्छ ।

सो क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिका, पर्यटन बोर्ड र नौबहिनी गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् । यी निकायको सहयोगमा सडक पु¥याइएको छ । साथै पोखरी निर्माण, दुई मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, वरिपरि तारजाली गरिएको झुलेनी संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष माधवराज भण्डारीले जानकारी दिए । उनका अनुसार यसको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिकाबाट रु तीन लाख, नौबहिनी गाउँपालिकाबाट रु पाँच लाख र पर्यटन बोर्डबाट रु १० लाख विनियोजन गरी दुई वर्षअघिदेखि विभिन्न काम भइरहेको छ । 

धनन्जय गोत्रीय भण्डारीको उद्गमस्थल मानिने झुलेनीमा निर्माण गरिएका मन्दिरमा शनिबार धनन्जय ऋषिको मूर्ति र बृन्दवासिनी दुर्गादेवीको पदस्थापना गरिएको छ । ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि मन्दिर निर्माण गरी पदस्थापनाको काम भएको उनले बताए । झुलेनीमा पछिल्लो समय भण्डारी बन्धुको उद्गमस्थलसमेत मानिने यो ठाउँ आन्तरिक पर्यटकको थलो पनि बन्दै गएको छ । भौतिक पूर्वाधारको विकासले झुलेनीले केही मुहार फेरे पनि आन्तरिक व्यवस्थापन गर्नका लागि पहल भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
 
उनका अनुसार परापूर्वकालदेखि भण्डारी बन्धुहरुले कुलपूजा गर्ने ठाउँ झुलेनी संरक्षण, प्रवद्र्धन र यसको विकासका लागि रु २० लाख बराबर खर्च भएको छ ।  आगामी दिनमा यहाँ जिल्ला वन डिभिजन वन कार्यालयको सहयोगमा रिर्चाज पोखरी, स्वर्गद्वारी–गौमुखी पदमार्गअन्तर्गतको बजेटबाट प्रतिक्षालय निर्माण, बस्नका लागि बेन्चहरुको निर्माण, लिस्नेदेखि झुलेनी हुँदै दिहाल्नाचौर जाने सडक निर्माण, आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जनसँगै विभिन्न ठाउँको दृश्यावलोकनका लागि जीपलाइनको अवधारणा जनाइएको छ । 

 यी निर्माणमा आफ्नो समितिसँगै पर्यटन बोर्ड, प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाले सहयोग गर्न उहाँले आग्रह समेत गरे । समुद्री सतहदेखि एक हजार ९९१ मिटर उचाइमा रहेको झुलेनीको खानेपानी समस्या सम्बोधन गर्न सातमुले लिफ्टमार्फत खानेपानी पु¥याउने योजना अगाडि सारिएको छ । 

प्रतिक्रिया दिनुहोस