aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 
समाज परिवर्तन र सचेत बन्दै, ४१ प्रकारका अपराधमा उजुरी शून्य

समाज परिवर्तन र सचेत बन्दै, ४१ प्रकारका अपराधमा उजुरी शून्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
समाज परिवर्तन र सचेत बन्दै, ४१ प्रकारका अपराधमा उजुरी शून्य
NIBL

काठमाडौं ।  कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । 

समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ । 

महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । 

ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटनाहरू करिब शुन्यको अवस्थामा पुगेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी अपराध हुनै छोडेको बताउँछन् । गोरखापत्र दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस