aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

२५ रुपैयाँमा खाना ! सुन्दा पत्याउन नै गाह्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
२५ रुपैयाँमा खाना ! सुन्दा पत्याउन नै गाह्रो
NIBL

भैरहवा ।  २५ रुपैयाँमा खाना १ सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल उण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । 

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । 

विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस