पुरानो लाभांश लिन तीन कम्पनीले गरे अनुरोध - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

पुरानो लाभांश लिन तीन कम्पनीले गरे अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
Sunrise
पुरानो लाभांश लिन तीन कम्पनीले गरे अनुरोध
LBEF

काठमाडौं । तीन वटा कम्पनीले पुरानो लाभांश लिन अनुरोध गरेका छन् । तीन कम्पनीले अघिल्ला वर्षहरुको लाभांश पूर्जाहरु लगायत बोनस शेयर प्रमाणपत्रहरु लिन बाँकी रहेकाले शेयरधनीले यथाशिघ्र आवश्यक कागजात सहित प्रमाणपत्र पेश गरेर लाभांश लिन अनुरोध गरेका हुन् । 

आइ.सी.एफ.सी फाइनान्स, सगरमाथा इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले पुरानो लाभांश लिन अनुरोध गरेका छन् । आइ.सी.एफ.सी फाइनान्स र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर सिधै जम्मा हुने र नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा आइपीएस मार्फत लाभांश जम्मा भइरहेको छ । 

हालसम्म पनि हितग्राही खाता अद्यावधिक नगरएका शेयरधनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश बैंक खातामा नै जम्मा हुने कम्पनीले उल्लेख गरेको छ । 

साथै सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६८/६९ सम्मको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसेकेको हुनाले सो अवधिको लाभांश रकम लिनको लागि कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

लगानीकर्ताले आव २०६९÷७० को नगद लाभांश कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट लिन सक्नेछन् । यी तीनै कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस