aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

सात महिनामा ५ कम्पनीले पाए पौने ३ अर्बको आईपिओ निष्काशन गर्ने अनुमति

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, १६ फागुन २०७६
Sunrise
HIb
सात महिनामा ५ कम्पनीले पाए पौने ३ अर्बको आईपिओ निष्काशन गर्ने अनुमति
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ५ कम्पनीले पौने ३ तीन अर्बको आईपिओ निष्काशन गर्ने अनुमति पाएका छन् । शिव श्री हाइड्रोपावर कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल रि-इन्स्योरेनस कम्पनी लिमिटेड, लाइब्रेटि इनर्जी कम्पनी लिमिटेड र यूनाइटेड आईदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले २ अर्ब ७५ करोड ४९ लाख ७८ हजार ६ सय मूल्य बराबरको २७ करोड ५४ लाख ४ हजार १८६ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएका हुन् । 

शिव श्री हाइड्रोपावर कम्पनी 

शिव श्री हाइड्रोपावर कम्पनीले सर्वसाधरणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट असोज १ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३ करोड ३५ लाख १ हजार १४० कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डले फागुन ४ गते आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले बोर्डबाट ३३ करोड ९८ लाख ४हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ०४७ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । सानिमा क्यापिटलले उक्त कम्पनीको आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकको जिम्मा पाएको हो ।

नेपाल रि इन्स्योरेनस कम्पनी लिमिटेड

नेपाल रि (इन्स्योरेनस कम्पनी लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि आरबीबी मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

लाइब्रेटी इनर्जी कम्पनी लिमिटेड

लाइब्रेटी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ८ मा आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ३७ करोड ५० लाख (१५ लाख स्थानिय, २२ लाख ५० हजार सर्वसाधरण) मूल्यको ३७ लाख ५० हजार (१५ लाख  स्थानीय, २२ लाख ५० हजार सर्वसाधरण) कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
 

यूनाइटेड आइदि मर्दि एण्ड आरबि हाइड्रोपावर कम्पनी

यूनाइटेड आइदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ११ मा आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ४२ करोड मूल्य बराबरको आईपिओ निष्काशन अनुमति पाएको हो आईपिओ निष्काशन गर्न ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस