aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

मिनरल, स्प्रीङ र ग्लेसियर वाटर निर्यात गर्ने गरि संस्थानको क्षमता बढाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
Global IME
ime Limited
मिनरल, स्प्रीङ र ग्लेसियर वाटर निर्यात गर्ने गरि संस्थानको क्षमता बढाउन निर्देशन
DHI
nmb

काठमाडौं ।  नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तरराष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न खानेपानी संस्थानलाई खानेपानी मन्त्री बिना मगरले निर्देशन दिएकी छिन । 

खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढङ्गले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी हुन । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव समारोहमा विहीबार मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पु¥याउन नयाँ कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताएका थिए । संस्थानका चुनौती धेरै छन, यी चुनौतीसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको उनले बताए । उनले संस्थानको उन्नतीका लागि लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । 

    

प्रतिक्रिया दिनुहोस