नेप्सेमा दैनिक नयाँ रेकर्ड, एकै दिन ४ अर्ब माथिको कारोबार - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
Tansen_cement
Janahit Suchana

नेप्सेमा दैनिक नयाँ रेकर्ड, एकै दिन ४ अर्ब माथिको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
Sunrise
नेप्सेमा दैनिक नयाँ रेकर्ड, एकै दिन ४ अर्ब माथिको कारोबार
LBEF

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दैनिक नयाँ रेकर्ड कायम भएको छ । साताको चौथो दिन आज बुधवार ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४३ विन्दुमा कायम भएको छ भने ४ अर्ब १५ करोड ४८ लाख ८३ हजारको कारोबार भएको छ । जुन इतिहासकै सबैभन्दा बढी कारोबार हो ।

दिनभरको बजारमा १८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ । सो दिन ८ वटा कम्पनीको १० करोड भन्दा माथिको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेप्से ह्वात्तै बढ्नुकाे कारण यस्ताे रहेछ, शेयर बजारमा १० अर्ब बढी रकम कसरी भित्रिए ?

प्रतिक्रिया दिनुहोस