दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित) - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
Tansen_cement
Janahit Suchana

दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
Sunrise
दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
LBEF

काठमाडौं । दुई बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका लागि १ जना, सिएका लागि २ जना, सिनियर अफिसरका लागि २ जना, कार्मेटिङ असिस्टेन्टका लागि १५ जना र जेटिएका लागि ४ जना गरी कूल २४ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसुक्नुपर्नेछ ।

त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले म्यानेजमेन्ट ट्रेनीका लागि कर्मचारीको माग गरेको हो । क्षेत्रिय कार्यालयका लागि १४ जना, उपत्यका बाहिरका विभिन्न शाखाक कार्यालयका लाष्गि १२ जना, र कर्पोरेट अफिसका लागि १० जना गरी कुल ३६ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस