लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर बुधबारदेखि लिलामीमा - Aarthiknews
aarthiknews.com आइतबार, २३ चैत्र २०७६   Sunday, 05 April, 2020
 
Tansen_cement
Janahit Suchana

लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर बुधबारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
Sunrise
लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर बुधबारदेखि लिलामीमा
LBEF

काठमाडौं ।लुम्बिनी जनरल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको ९९ हजार ७२६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

यो शेयर खरिद गर्न चाहनेहरुले फागुन २१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्ता र अधिकतमा सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । हकप्रद विक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस