दुई दिनमै ७ सय करोडको कारोबार हुनुमा यसो भन्छन् शेयर विश्लेषकहरु - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

दुई दिनमै ७ सय करोडको कारोबार हुनुमा यसो भन्छन् शेयर विश्लेषकहरु

  • रिता राउत
    रिता राउत
  • सोमबार, १२ फागुन २०७६
Sunrise
दुई दिनमै ७ सय करोडको कारोबार हुनुमा यसो भन्छन् शेयर विश्लेषकहरु
LBEF

काठमाडौं । साढे ३ वर्षको अन्तरालपछि शेयर बजार यतिबेला बुलिस ट्रेनमा देखिएको छ । निराश बनेर बसेका ठूला लगानीकर्ताको प्रवेशसँगै बजारमा नयाँ चमक देखिएको लगानीकर्ताहरु बताउछन ।  माग र आपूर्ति दुबै बढ्दो क्रमले धितोपत्र बजार परिसूचक नेप्से र कारोबार दुबै बढेको छ । आइतबार र सोमबार दुई दिनमा मात्रै ७ अर्बभन्दा बढीको कारोबार भयो भने नेप्से सूचक बढेर १५ सयमाथि उक्लियो ।  

नेपालको शेयर बजारको आकार सानो भएका कारणले ठूला लगानीकर्ता देखिएका थिएनन । तर, दुईदिन यता बजारको आकारभन्दा पनि ठूलो कारोबार भइरहेको देख्दा लगानीकर्ताहरु नै अचम्ममा पर्न थालेका छन् । यही सन्दर्भमा शेयर बजारमा टर्न ओभर आउनुको कारणबारे शेयर विश्लेषक अमृतराज रेग्मी भन्छन् लगानीकर्ताले हतारमा लगानी गर्दा कोरोबार ह्वात्तै बढेको हो । उनले भने, ‘पैसा यसरी बढ्नुमा हतारि हाल्नु हुदैन । कारोबार जति छिटोमाथि जान्छ त्यति नै छिटो तल झर्छ त्यसैले सोचेर मात्र लगानी गर्नु पर्दछ ।’ म्यूचुअल फण्ड, बीमा कम्पनीसंग धेरै पैसा हुनु, बैंकहरुको ब्याज सस्तो हुनु र बजार बढ्छ भन्ने हल्लाले नयाँ लगानीकर्ता थपिनाले पनि बजार तातेको रेग्मीको भनाई छ । 

बुलिस प्रवृत्तिमा यसरी छनोट गर्नुस् लगानीका लागि कम्पनी

त्यस्तै एक शेयर विश्लेषले यतिबेला बजारमा मन्त्रीमण्डल उत्तारचढावले गर्दा लगानीकर्ता उत्साहित हुँदा बजारमा टर्न ओभरसँगै बजारमा स्थिरता आएको बताए । उनले भने, ‘ अर्थमन्त्री हट्ने हल्लाले  लगानीकर्ताहरु शेयर बेचेर ‘नाफा बुक’ गर्नुको साटो लगानी बढाउनतिर लागेकोले कारोबारमा करेक्सन आएको हो ।’ नयाँ लगानीकर्ता थपिनु, पुराना लगानीकर्ताले पनि कारोबारलाई निरन्तरता दिनु शेयर बजार बढ्नुको अर्को कारण बनेको उनको भनाई छ । 

शेयर विश्लेष अर्जुन बन्दु रेग्मीका अनुसार सहकारीका लगानी शेयर बजारमा आइरहेकाले टर्न ओभर धेरै आएको हल्ला बजारमा चलेको उनले बताए । उनले कारोबार धेरै हुनुमा अनलाई प्रणाली माार्फत सोहि दिनको कारोबार बुझ्न सकिने भएकोले पनि कारोबारमा टर्न ओभर आएको बताए । 

शेयर कारोबारमा टर्न ओभर आउनुमा विदेशी लगानी रहेको एक शेयर विश्लेशक बताए । धितोपत्र बोर्डबाट वैज्ञानिक बजार निर्माणका निमित्त केही राम्रा कदम चालिएका कारण बजार अहिले नै ओरालो नलाग्ने उनको भनाई छ । 

अर्का शेयरलगानीर्ताले भने अन्य लगानीकर्ताको भन्दा फरक मत राखे उनले भने, नेपालका यसभन्दा पहिलाका ४ वटा बुलमा नेपालीभित्रको पैसाले मात्र बुल नगराएको भएर विदेशबाट समेत रकम आएको उनल स्मरण गराए । यस पटकको अहिलेसम्म बजारको न्यूनतम विन्दबाट ४ यस अंकको वृद्धि हुनु बुलिस ट्रेननै रहेको तर बजारमा दुई दिनमा नै ७ सय करोडको कारोबार गर्न सक्ने रकम भने नभएको उनले बताए । यसभन्दा पहिलाका ४ वटा बुलमा जसरी लगानी भएर फेरि बजारबाट तिनैले रकम झिकेका थिए तिनैको लगानी पुन बजारमा आएको हुनसक्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस