शेयर बजारमा आज पनि ३ अर्ब ४१ करोडमाथिकै कारोबार - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

शेयर बजारमा आज पनि ३ अर्ब ४१ करोडमाथिकै कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
Sunrise
शेयर बजारमा आज पनि ३ अर्ब ४१ करोडमाथिकै कारोबार
LBEF

काठमाडौं । आइतबार अत्याधिक कारोबार भई यो नेप्सेको इतिहासमा सबैभन्दा बढि कारोवार भएको रेकर्ड तोडेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि तीन अर्ब एकचालीस करोड माथी कारोबार भएर बन्द भएको छ ।

साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक उतारचढाबका बिच अन्ततः १ दशमलव ९६ अंकले घटेर बन्द भएको छ । आइतबार भएको हालसम्मकै सर्बाधिक कारोबारलाई पछ्याउँदै आज पनि समग्रमा कारोबार रकममा भने उही लय पक्रेको छ ।  

साताको दोस्रो दिन आज नेप्से परिसूचक  १ दशमलव ९६ अंकले घट्दा १ हजार ५ सय २ दशमलव १८ विन्दुमा थामिएको छ भने कारोबार ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ । 

जम्मा १७९ कम्पनीको ८३ लाख कित्ता शेयर ३१ हजार २९० पटक कारोबार भएको थियो । कारोबार भएका मध्ये बैंकिङ, उद्योग र अन्य उपसूचक बाहेक सबै उपसूचकहरुको कारोबारमा गीरावट आएको नेप्सेले जनाएको छ । 

शेयर बजारमा आज पनि हिजो जस्तै सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको नै रहेको छ । उक्त बैंकको २० करोड ४३ लाख बढीको कारोबार भएको छ ।

दोस्रोमा शिभम् सिमेन्ट १२ करोड माथी कारोबार भएको छ । भने नाफा धेरै गर्नेमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड र युनियन हाइड्रो पावर कम्पनीका शेयरधनीहरुले करिव १० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै, धेरै गुमाउनेमा गुह्येश्वरी मर्चेन्ट बैंकिङ फाइनान्स र प्रिमियर इन्श्योरेन्सका शेयरधनीहरुले करिव ७ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस