aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

आइपीओ निकाल्न दुई जलविद्युत कम्पनीले पायाे सेबोनको स्वीकृती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
Sunrise
HIb
आइपीओ निकाल्न दुई जलविद्युत कम्पनीले पायाे सेबोनको स्वीकृती
LBEF

काठमाडौं । दुई जलविद्युत कम्पनीको आइपीओ आउने भएको छ । लिबर्टी इनर्जी कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीको आइपीओ आउने भएको हो ।

लिबर्टी हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड सेबोनबाट फागुन ८ गते स्वीकृती पाएको छ । 

स्वीकृती पाएसँगै कम्पनीले स्थानियको लागि १५ लाख कित्ता  र सर्वसाधारण्का लागि २२ लाख ५० हजार  कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल  एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । 

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्नको लागि फागुन ११ गते स्वीकृती पाएको छ । स्वीकृती पाएसँगै कम्पनीले स्थानियको लागि ४ लाख २० हजार कित्ता र सर्वसाधारणको लागि ६ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ  । कम्पनीले जारी गर्न लागेको आइपीओलाई केयर रटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । 
 

प्रतिक्रिया दिनुहोस