अहिलेसम्मकै उच्च सेयर कारोबार भएपछि नेप्सेले निकाल्यो यस्तो विज्ञप्ति - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

अहिलेसम्मकै उच्च सेयर कारोबार भएपछि नेप्सेले निकाल्यो यस्तो विज्ञप्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
Sunrise
अहिलेसम्मकै उच्च सेयर कारोबार भएपछि नेप्सेले निकाल्यो यस्तो विज्ञप्ति
LBEF

काठमाडौं । अनलाइन प्रणालीले सेयर बजारमा तरंग ल्याउन थालेको छ । खरिदबिक्रीमा अनलाइनले उत्साह भर्न थालेको नेप्सेको भनाई छ । यसैक्रममा आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च सेयर कारोबार भएको भन्दै बिज्ञप्ती नै जारी गरेकाे छ ।

आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च सेयर कारोबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । ३० हजार ४ सय ५७ कारोबारमा ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री भएको हो । यसरी कारोबारमा नयाँ कीर्तिमान कायम हुनुमा अनलाइन प्रणाली (नट्स) को पनि योगदान रहेको नेप्सेको भनाई छ ।
 
आइतबार भएको कुल रकममध्ये ४४ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ अनलाइनमार्फत भएको हो । यस दिन कारोबारमा संलग्न १२ हजार ३९५ लगानीकर्तामध्ये ३ हजार १८८ जनाले अनलाइनमार्फत कारोबार गरेका हुन् । अनलाइनमार्फत ३८ लाख ४० हजार ९०२ कित्ता सेयर किनबेच भएको छ ।

हालसम्म अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या २१ हजार ६७४ जना पुगेको छ । नेप्सेले कारोबार प्रणालीलाई सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल क्लियरिङ लिमिटेडको प्रणालीसँग  जोडेको छ ।

हाल एनसीएचएल मा ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबारको रकम भुक्तानी गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस