बुलिस प्रवृत्तिमा यसरी छनोट गर्नुस् लगानीका लागि कम्पनी - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana
बुलिस ट्रेन

बुलिस प्रवृत्तिमा यसरी छनोट गर्नुस् लगानीका लागि कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
Sunrise
बुलिस प्रवृत्तिमा यसरी छनोट गर्नुस् लगानीका लागि कम्पनी
LBEF


काठमाडौं ।  साढे ३ वर्षको अन्तरालपछि सेयर बजारमा यति बेला बुलिस ट्रेनमा देखिएको छ । निराश बनेर बसेका ठूला लगानीकर्ताको प्रवेशसँगै बजारमा नयाँ चमक देखिएको हो ।  माग र आपूर्ति दुबै बढ्दो क्रमले धितोपत्र बजार परिसूचक नेप्से र कारोबार दुबै बढेको छ । आइतबार मात्रै करिब साढे ३ अर्बभन्दा बढीको कारोबार भयो भने नेप्से सूचक बढेर १५ सयमाथि उक्लियोे ।  

बढ्दो बजारमा उपयुक्त कम्पनीको छनोट गरेरमात्र सेयर खरिद गर्न उचित हुने  विश्लेषकहरू बताउँछन् । सेयर खरिद गर्दा कम्पनीको अध्ययन आवश्यक छ । बजार बढ्दैमा सबै कम्पनीको बढ्दै छ । कम्पनीको सेयर मूल्य कम हुँदैमा कम्पनी नराम्रो हुने वा सेयर मूल्य बढी हुँदैमा कम्पनी राम्रो हुने भन्ने पनि हुँदैन । कम्पनीको वित्तीय सूचक र व्यवस्थापन हेरेर कम्पनी छनोट गर्नुपर्छ । 

आम्दानीको स्रोत

कम्पनीको वित्तीय अवस्था राम्रो छ कि छैन भनेर देखाउने अर्को मुख्य सूचकमध्ये आम्दानीको स्रोत पनि एक हो । बैंक तथा वित्तीय संस्थाले गर्ने ब्याज आम्दानी, बिमा कम्पनीले उठाउने बिमाशुल्क आर्जन र जलविद्युत् कम्पनीले गर्ने विद्युत् बिक्री आम्दानी मुख्य स्रोत हुन् । यस्तो आम्दानी निरन्तर रूपमा बढेको छ÷छैन अध्ययन गरेर लगानी गर्दा राम्रो हुन्छ । । 

कम्पनीले दिने लाभांश 

कुनै पनि कम्पनीको सेयर खरिद गर्दा कम्पनीले वितरण गर्ने लाभांश हेनुपर्छ । यसको इतिहास हेरेर लगानी गर्दा डुबिदैन ।  कम्तीमा पनि कम्पनीको विगत ५ वर्षको अवधिको लाभांशको अवस्थाको अध्ययन गर्नुपर्छ । विगत पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गरेको कम्पनीमा छनोट गर्दा उपयुक्त हुन्छ  । कतिपय कम्पनीले केही वर्ष लाभांश दिँदैनन् र कुनै वर्ष भने राम्रो लाभांश वितरण गर्छन् । यस्ता कम्पनी लामो अवधि लगानीका लागि उपयुक्त हुँदैन । त्यसैले लगानी गर्दा निरन्तर रूपमा लाभांश वितरण गरेको कम्पनी छनोट गर्दा बढी फाइदा लिन सकिन्छ । 

प्रतिसेयर आम्दानी

प्रतिसेयर आम्दानीले कम्पनीको वितरण गर्ने लाभांशको अनुमान जनाउँछ । कम्पनीको खुद नाफालाई कम्पनीको सेयर संख्याले भाग गर्दा आउने भागफल नै प्रतिसेयर आम्दानी हो । जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ लाख रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ हजार छ भने कम्पनीको एक कित्ता सेयरबराबरको आम्दानी भनेको १सय रुपैयाँ हुन आउँछ । 
 

किताबी मूल्य

कम्पनीको सम्पत्तिबाट दायित्व घटाएपछि आउने अंक नै किताबी मूल्य अर्थात् नेटवर्थ पर सेयर हो । यो भनेको कम्पनीले आफ्नो वित्तीय विवरणका आधारमा तोकेको वास्तविक मूल्य हो । यदि कम्पनीको किताबी मूल्य २ सय छ र बजार मूल्य ५ सय रुपैयाँ छ भने पनि तत्काल कम्पनी खारेजी हुने अवस्थामा पुगेको खण्डमा कम्पनीले तपाईंलाई प्रतिकित्ता सेयर भुक्तानी गर्ने भनेको २ सय रुपैयाँ नै हो । त्यसैले तपाईले सेयर खरिद गर्दा कितावी मूल्यमा पनि ध्यान पुर्याउन जरुरी हुन्छ । 

जगेडा कोष

कम्पनीको जगेडा कोष जति धेरै भयो, कम्पनी त्यति नै बलियो भएको मानिन्छ । त्यसैले लगानीकर्ताले कम्पनीको सेयर खरिद गर्नुअघि जगेडाका कोष बढेको छ÷छैन हेर्न आवश्यक हुन्छ ।  जगेडा कोष नकारात्मक भएका कम्पनीमा लगानी गर्नुहुँदैन । 
 

मूल्य आम्दानी अनुपात

कम्पनीको मूल्य र आम्दानीको अनुपातले कम्पनीको वित्तीय अवस्थालाई देखाउँछ । कम्पनीको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने भागफल नै मूल्य आम्दानी अनुपात हो । कम्पनीको वास्तविक प्रतिकित्ता सेयर आम्दानीभन्दा बजार मूल्य कति गुणाले धेरै वा थोरै छ भन्ने कुरा मूल्य आम्दानी अनुपातले देखाउँछ ।

सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणा बढीसम्म भएको राम्रो मानिन्छ । जस्तै, कुनै कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ छ र कम्पनीको बजार मूल्य ५ सय रुपैयाँ छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ५० हुन आउँछ । 
यसले उक्त कम्पनीको सेयर मूल्य आम्दानीभन्दा ५० गुणा बढीमा बजारमा खरिद÷बिक्री भएको देखाउँछ । यसले कम्पनीको सेयर मूल्य ओभरभ्यालुड छ भन्ने बुझाउँछ । त्योभन्दा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । 

निष्क्रिय कर्जा

कम्पनीले लगानी गरेको, तर भुक्तानी भएको रकमलाई निष्क्रिय कर्जा भनिन्छ । यसले कम्पनीको लगानी उठिरहेको छ वा छैन भनेर देखाउँछ । यदि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने हो भने ५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएको कम्पनी छनोट गर्नुहुँदैन । यस्तो लगानी गर्दा जोखिममा पर्न सक्छ । 

कम्पनीको व्यवस्थापन र सञ्चालक

कुनै पनि संस्था वा कम्पनीको सफलताको मुख्य आधार भनेको व्यवस्थापन र सञ्चालक हो । यदि कम्पनीमा कुशल व्यवस्थापन र सञ्चालक छ भने ढिलो÷चाँडो कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सक्छन् भन्ने हो । तर, खराब व्यवस्थापन र सञ्चालक भएको खण्डमा कम्पनी कुनै पनि समय डुब्न सक्छ । 
 

प्रतिक्रिया दिनुहोस