एफएनसीसीआईमा चुनावी माहोल, दुई प्यानल भिड्दै, कार्यसमितिले साधारणसभाको मिति तोक्यो - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana
महासंघ

एफएनसीसीआईमा चुनावी माहोल, दुई प्यानल भिड्दै, कार्यसमितिले साधारणसभाको मिति तोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
Sunrise
एफएनसीसीआईमा चुनावी माहोल, दुई प्यानल भिड्दै, कार्यसमितिले साधारणसभाको मिति तोक्यो
LBEF


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा चैत २८ र २९ गते हुने भएको छ । आइतबार महासंघको कार्यलय टेकुमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गरेको हो । नयाँ कार्यसमिति चयन हुने उक्त साधारणसभामा दुई प्यानल भिड्ने भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको प्यानल चैत २९ गते निर्वाचनमा होमिदै छ । यी दुबै प्यानलका अगुवा द्वय हाल महासंघको अपाध्यक्ष हुन् ।  निर्वाचनमा दुई प्यानल भिडेपनि अध्यक्ष पदका लागि भने निर्वाचन गर्नु नपर्ने व्यवस्था महासंघको विधानले गरेको छ । हाल महासंघका वरिष्ठ उपाध्यक्ष  शेखर गोल्छा स्वत अध्यक्ष बन्ने छन् ।

कार्यसमितिले महासंघको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभामा दुई वटा खेमाले आफ्नो प्यानललाई विजय गराउन लविङ गरिरहेका छन् । आगामी साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने भएकाले चुनाबी चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । आजबाट औपचारिक रुपमा निर्वाचनको माहोललाई तताएको छ । यो साधारणसभामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित अन्य पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान भएका कारण वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर उपाध्यक्ष, एसोसियट उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यको भने निर्वाचन हुनेछ । 

एउटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एसोसिएट सदस्य गरी महासंघका तीन खालका सदस्य रहन्छन् । महासंघको चुनावमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघकोे मतभार ५० प्रतिशत रहन्छ भने एसोसिएट र वस्तुगत सदस्यको मतभार क्रमशः ३० र २० प्रतिशत रहन्छ । ७७ जिल्लामा  रहेका जिल्ला तथा नगर संघमा १०५,  एसोसिएटमा ९ सय ३२ र  वस्तुगतमा १ सय ३ सदस्य रहेका छन् ।  

कार्य समितिको यो निर्णय पछि अब दुबै प्यानलबाट औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्ने तयारी गरेका छन् । अहिलेसम्मको तयारी अनुसार ढकाल पक्षबाट जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिँदैछन् भने प्रधान पक्षबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन् । दुबै प्यानलले एसोसिएट उपाध्यक्षको भने नाम तय नगरेपनि आफ्नो प्यानलबाट विजय गराउन दह्रो गृहकार्य गरिरहेका छन् । 

यस अघि पनि महासंघको विधान संशोधनको विषयलाई लिएर दुई प्यानलबीचमा चर्काचर्कीनै परेको थियो । त्यतिबेला ढकाल पक्ष विधान संशोधन नगर्ने पक्षमा थियो भने प्रधान पक्ष जसरी पनि विधान संशोधन गरेर अध्यक्ष पदको चुनाव गर्नुपर्ने पक्षमा अडिएको थियो । स्वत वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने वैधानिक व्यवस्थाको संशोधन भने नयाँ कार्यसमितिले गर्ने आइतबारको कार्य समिति बैठकमा भएको छ । 


 

प्रतिक्रिया दिनुहोस