aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

नेपाल एयरलाइन्सका कर्मचारीबाटै विमान स्थलको सुरक्षा चुनौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
नेपाल एयरलाइन्सका कर्मचारीबाटै विमान स्थलको सुरक्षा चुनौति
NIBL

काठमाडौं । नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । 


विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए ।

विमानस्थलभित्रै कार्यरत विभिन्न निकायका कर्मचारी तथा पसल सञ्चालकहरुबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस