मोरङ सुगर मिल्सको साधारण सभा चैत २ मा - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

मोरङ सुगर मिल्सको साधारण सभा चैत २ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
Sunrise
मोरङ सुगर मिल्सको साधारण सभा चैत २ मा
LBEF

काठमाडौं । मोरङ सुगर मिल्सको ५१औं वार्षिक सााधारण सभा चैत २ गते होटल पांचाली, विराटनगरमा हुने भएको छ । 

कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने रहेको छ ।

यसैगरी सभाले आर्थिक वर्ष २०७५ ०७६ को लेखा परीक्षणको प्रतिवेदन सहितको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १८ गतेदेखि चौत २ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस