सुनको मूल्य बढेको बढ्यै, आज फेरि तोलामा ७ सय बढ्यो - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

सुनको मूल्य बढेको बढ्यै, आज फेरि तोलामा ७ सय बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
Sunrise
सुनको मूल्य बढेको बढ्यै, आज फेरि तोलामा ७ सय बढ्यो
LBEF

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य बढेको बढ्यै छ । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड राखिरहेको छ । साताको पहिलो दिन  आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुत्रबार प्रतितोल ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७ सय रुपैयाँले बढेको हो। 

यसअघि बिहीबार पनि ७७ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएका थियो।  यसैगरी, तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रवार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस