aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चैत दोस्रो सातासम्म रेल आउने पक्का, कति लागतमा निर्माण भयो रेलको लिक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
Reliance life insurance
Jagadamba
LBEF


काठमाडौं । अब भने नेपालमा रेल आउने पक्का भएको छ । रेल विभागले आगामी चैत दोस्रो सातासम्म रेल आउने बताएको हो । सरकारले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । 


रेलको लिक निर्माण कार्य सकिएपनि कर्मचारीको व्यवस्थापन हुन नसक्दा रेल संचालनमा आउन सकिरहेको थिएन । ‘कर्मचारीको व्यवस्थापन सकिएपछि मार्च अन्तिमसम्म रेल संचालनमा आउँछ,’ उनले भने ‘अहिले हामीले कर्मचारी माग गरेका छौं । १५ दिनपछि कर्मचारी छनोट गरेर रेल संचालनमा ल्याउँछौं ।’ भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको उक्त रेलमार्ग यस अघि कार्तिकमा संचालनमा आउने जनाइएको थियो  ।

 जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर लम्बाइको रेलमार्ग निर्माणका लागि १० अर्ब रुपैयाँ ९६ सय ५० करोड भारतीय रुपैयाँ खर्च हुने जनाइएको छ । यद्यपि भारतले सोको लागत भने जानकारी गराएको छैन । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत नेपाल सरकारले रेल खरिद गर्न लागेको हो । 

सरकारले जयनगर–बर्दिबास रेलमार्गमा चल्ने दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कूल ८५ करोड रुपैयाँमा रेल खरिद गरेको हो । पहिलो चरणमा एउटा सेट मात्र आउनेछ  । केही समय पश्चायनै दोस्रो रेल पनि संचालनमा आउने छ । आवश्यकता अनुसार रेल संचालनको तालिका बनाइने विभागले जानकारी दिएको छ । 

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा ८ स्टेसन र ६ हल्ट अर्थात रेल रोक्ने ठाउँ  रहने छन् । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ । पहिलो चरणमा एउटा सेट मात्र आउनेछ ।

भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको हो । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो रेलमा एउटामा पाँच डिब्बा रहने छ । एक हजार २०० सम्म यात्रु बोक्ने क्षमता रहन्छ । 

प्रतिक्रिया दिनुहोस