शेयर बजारमा ऐतिहासिक रेकर्ड, एक सातामै ११ अर्बको कारोबार - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

शेयर बजारमा ऐतिहासिक रेकर्ड, एक सातामै ११ अर्बको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० फागुन २०७६
Sunrise
शेयर बजारमा ऐतिहासिक रेकर्ड, एक सातामै ११ अर्बको कारोबार
LBEF

काठमाडौं । लामो समयसम्म निराश बनेका लगानीकर्ता गत साता उत्साहित देखिएका छन् । लगानीकर्ता उत्साहित बनेसँगै एक सातामा ११ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सातामा पहिलो पटक भएको यो कारोबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को इतिहासमै पहिलो पटक हो । यो कारोबारले नयाँ रेकर्ड कायम भएको छ । नेप्से बजार विगत केही समय करोडको कारोबारमै अल्झिएको थियो ।

करिब ४४÷४५ महिनासम्म ओरालो लागेको नेप्से परिसूचक र कारोबार बढ्न थाल्नु शुभ संकेत भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । बजार सकारात्मक तरिकाबाट अघि बढ्दै छ,’ उनले भने ‘ठूला लगानीकर्ता बजारमा प्रवेश गरेका छन् ।’ अहिले बजारमा नछिरे पछि छिर्न गाह्रो हुने अनुमान गर्दै उनीहरू लागनी गर्न हौसिएका छन् । बुलिस ट्रेनमा बजार जान थालेपछि आफ्नो लगानीको आधा हिस्सा गुमाएका लगानीकर्ताहरूमा बजार बढ्छ भन्ने विश्वास र उत्साह थपिएको छ ।

वियरिसको टाइममा ११०५ विन्दुभन्दा तल बजार झर्न मानेन,’ उनले थपे  ‘ त्यतिबेला नकारात्मक मानिएका वित्तीय परिसूचकहरूलाई अहिले सकारात्मक मान्न थालिएको छ । पछिल्लो समय बोनस र राइट दुबै शेयर पाउनु पर्नेमा लगानीकर्ताहरू अडिएका छन् । बैंक तथा हाइड्रोपावरको बजार अझै सन्तोषजनक हिसावले बढ्न नसके पनि कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरणले बजार बढाउन थप बल गरेको छ । 

गत फागुन ४ गते आइतबार १३९८.२४ अंक रहेको नेप्से परिसूचक बिहीबारसम्म बढेर १४३४.५८ पुगेको हो । आइतबार करिब २ अर्बको कारोबार भएकोमा माथि उक्लदै बजार ११ अर्ब २० करोड पुगेको हो ।

 गत आइतबारदेखि बिहीबारसम्म ५ दिन भएको कारोबारमा ११ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको २ करोड ५३ लाख ३३ हजार कित्ता शेयर खरिद बिक्री भएको थियो । १ सय ८४ कम्पनीको १ लाख ३ हजार ५०२ पटकको कारोबारबाट नेप्सेले नयाँ किर्तिमान कायम गरेको हो । 

यो कारोबारबाट १८ खर्ब ३१ अर्ब रुपैयाँको बजार पुँजीकरण भएको छ । गत साता नेप्से परिसूचक ८९.९८ अंक अर्थात ६.६९ प्रतिशत बढेर १४३४.५७ विन्दुमा पुगेको छ । नेप्से र कारोबारमा सुधार भएसँगै कूल बजार पँुजीकरण पनि बढेको हो ।

गत साता कारोबार रकम र शेयर संख्याका आधारमा यस साता शिवम् सिमेन्ट सबै भन्दा  शीर्ष स्थान रहेको छ । सो कम्पनीले गत साता ३ हजार ५५७ पटकको कारोबारमा ६५ करोड ३० लाख रुपैयाँ बराबरको १० लाख ४४ कित्ता शेयर खरिद बिक्री भएको छ । त्यसैगरी, यस साता हिमालयन डिष्टिलरीको ६२ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

साताभरिनै नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने उचार चढाव देखिएको छ । सातामा बिहीबार सबैभन्दा बढी कारोबार भएर नयाँ इतिहास रचेको हो । गत साता धितोपत्र बजारमा कारोबार रकम र परिसूचक बढेको होइन अनलाइन प्रणालीबाट शेयर कारोबार गर्नेहरु क्रमशः बढ्न थालेका छन् ।

पुँजी बजारमा चमक आउन थालेसँगै अनलाइन प्रयोगकर्ता पनि वृद्धि हुन थालेका नेप्सेले बताएको छ । यसले बजार तथा लगानीकर्ता पनि क्रमशः प्रविधिमैत्री बन्दै गएको देखाउँछ । अहिले कुल कारोबारमध्ये करिब २० हजार जनाभन्दा बढीले अनलाइन प्रणाली प्रयोग गरेको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस