स्याउ हेर्न जुम्ला जानेले अहिले  बारीमा फलाउँदै - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

स्याउ हेर्न जुम्ला जानेले अहिले  बारीमा फलाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० फागुन २०७६
Sunrise
स्याउ हेर्न जुम्ला जानेले अहिले  बारीमा फलाउँदै
LBEF

रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई  विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।  स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही  क्षेत्रमा  पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । 

गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफुलका बिरुवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा २० लाख बजेट बिनियोजन भइ काम अगाडि बढेको छ  ।

त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण, औजार खरिद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि १६ लाख बजेट रहेको उनले बताएनु । माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ । 

गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र  वडा नम्बर ८ को चारगाउँमा १२ हजार भन्दा बढी सुन्तलाको बिरुवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरुवामध्ये आधा बिरुवा स्थानीय स्तरमै उत्पादन गरिएका र  अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । 

हुकाम र चारगाउँमा सहकारी र  तकसेरामा समुहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांस घरमा ५० देखि एक हजार बोटसम्म स्याउका बिरुवा छन् । पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनिहरु अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् । तर सडकको सुविधा नभएकै कारण उत्पादीत फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस