aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

लघुवित्त कार्यक्रम संचालन सम्बन्धी तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
Sunrise
लघुवित्त कार्यक्रम संचालन सम्बन्धी तालिम
LBEF

काठमाडौं । मेरोमाइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने नव प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी तालिम सम्पन्न गरेको छ । फिल्डमा काम गर्न दक्ष बनाउने उद्देश्यले १ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गरेको हो ।

समापन कार्यक्रममा बोल्नुहुदै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाको वारेमा जानकारी दिए । लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा संचालन हुदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएको बताउनु हुँदै लघुवित्त कार्यक्रम एक सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारले अन्तरआत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने धारणा राखेका थिए । 

हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिएका थिए । सो तालिममा  वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा २९ जना नयाँ प्रशिक्षार्थीहरुका साथै कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, विभिन्न विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि ६१ जिल्लामा ११८ शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक कृयाकलापमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस