बैंकहरूलाई अर्थमन्त्रालय बोलाएर के गर्दैछन् अर्थमन्त्री ? - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

बैंकहरूलाई अर्थमन्त्रालय बोलाएर के गर्दैछन् अर्थमन्त्री ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
Sunrise
बैंकहरूलाई अर्थमन्त्रालय बोलाएर के गर्दैछन् अर्थमन्त्री ?
LBEF

काठमाडौं । संघीय अर्थमन्त्री  डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा प्रनिनिधिसँग समसमायिक विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । उनले सोमवार अर्थ मन्त्रालयमा उनीहरूसँग छलफल गरेका हुन् । 

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले सरोकारवालासँग छलफल गरिएको हो ।

कार्यक्रममा उपस्थिति प्रतिनिधिहरूले बैंकिङ क्षेत्रमा तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजीक्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने विषय आफनो धारण राखेका थिए । 

सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरूको कार्यान्वयन र केवाईसीको मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा उनीहरूले आफ्नो धारणा राखेका थिए । 

अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने वातावरण बनाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक तथा बैंकर्स संघलाई आग्रह गरेका थिए । साथै, निजीक्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यावसायिक वातावरणको सुनिश्चित गर्न पनि भूमिका खेल्नुपर्ने उनको अनुरोध थियो ।

साथै, छलफलमा उठेका विषयलाई कार्यान्वयन गर्न आवश्यक गृहकार्य गर्न मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, राष्ट्र बैंक र संघलाई टुंगोमा पु¥याउन समेत उनले निर्देशन दिएका छन् । 

उक्त कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका पदाधिकारी, सबै वाणिज्य बैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति  थियो ।

प्रतिक्रिया दिनुहोस