नेप्सेमा ३४.२६ अंकको उछाल, कारोबारमा नयाँ रेकर्ड - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

नेप्सेमा ३४.२६ अंकको उछाल, कारोबारमा नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
Sunrise
नेप्सेमा ३४.२६ अंकको उछाल, कारोबारमा नयाँ रेकर्ड
LBEF

काठमाडौं । गएको महिनादेखि सुधारउन्मुख देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोश्रो दिन आज सोमवार पनि उछाल आएको छ । नेप्से परिसूचक र कारोवार रकममा उछाल आएपछि आज नेप्से ३४ दशमलव २६ अकंको उछाल आएको हो । 

नेप्से आज ३४ दशमलव २६ अंकले बढेर १ हजार ३ सय ९८ दशमलव २४ विन्दुमा पुगेको छ भने २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ बराबरको कारोवार भएको छ । 

आज विशेषगरी बाणिज्य बैंक, व्यापार र जलविद्युत समूहले नेप्सेलाई उचालेको हो । आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै दोब्बरले बढेको छ । सेयर बजारमा सुधार आउन थालेसँगै बजारमा किनबेच पनि ह्वात्तै बढेर गएको छ । कुल १७५ वटा कम्पनीको सेयर किनबेच भएको छ । 
 

प्रतिक्रिया दिनुहोस