जनयुद्धमा ध्वस्त भएको पाटन विमानस्थलको कालोपत्रे सम्पन्न - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

जनयुद्धमा ध्वस्त भएको पाटन विमानस्थलको कालोपत्रे सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
Sunrise
जनयुद्धमा ध्वस्त भएको पाटन विमानस्थलको कालोपत्रे सम्पन्न
LBEF

बैतडी । बैतडीमा रहेको पाटन विमानस्थलको कालोपत्रेको कार्य सम्पन्न भएको छ । ।


लक्ष्य भन्दा १८ महिनपछि सकिएको उत्तक्र कालो पत्रेको काम ०७५को असारमै सक्नै लक्ष्य रहेको थियो । विमानस्थलमा कालोपत्रेको काम गत माघ महिनको दोश्रो हप्ता सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीले जनाएको छ । 

पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए ।

यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछि हस्तान्तरणको प्रक्रियामा जाने कम्पनीका इन्जिनियर रावलले बताए ।

वि.स. २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस