साउदीमा बढेको तलब कामदारले पाएनन् - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

साउदीमा बढेको तलब कामदारले पाएनन्

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, ०२ फागुन २०७६
Sunrise
साउदीमा बढेको तलब कामदारले पाएनन्
LBEF

काठमाडौं । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन् । 

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सीप अनुसारको मासिन पारिश्रमिक र खाना सूविधा सम्बन्धी निर्णय गरेको भएपनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । 

साउदीस्थित नेपाली दूतावासले हालै सार्वजनिक गरेको २०७६/७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदनमा कतिपय रोजगारदाताले श्रमिकको सेवा सुविधा नेपाल सरकारले तोके अनुसार नदिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस