नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Sunrise
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी
LBEF

काठमाडौं । आगामी कार्यकालको लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले  उम्मेदवारी घोषणा गरेका छन् ।

 आगामी कार्यकालको लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष किशोर प्रधानले  उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले विहीबार विराटनगरबाट उम्मेदवारी घोषणा गरेका हुन् । उपाध्यक्ष  चन्द्रप्रसाद ढकालले पनि वरिष्ठ उपाध्यक्ष पदका लागि यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रधानको उम्मेदवारी घोषणासभामा पूर्वअध्यक्षहरु विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र पशुपति मुरारको उपस्थिति रहेको थियो । । चैतमा हुने महासंघको ५४औं महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ । बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था यथावत रहेकाले  शेखर गोल्छा अध्यक्ष बन्ने पक्का भइसकेको  छ । 

प्रतिक्रिया दिनुहोस