शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ७७ करोड - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ७७ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Sunrise
शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब ७७ करोड
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पाचौँ दिन आज बिहिवार सामान्य गिरावट आएको छ । साताको सुरु देखि नै उकालो लागेको शेयर बजार साताको अन्तिम दिनमा सामान्य गिरावट आएको हो ।  

नेप्से परिसूचक आज १ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५९ बिन्दुमा थामिएको छ भने १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ को कारोबार भएको छ । 

आज धेरै नाफा गर्नेमा व्यापार समूहका लगानीकर्ता अगाडि छन् । यो समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ भने बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८७ प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा समूहका सुचक एक प्रतिशतभन्दा बढिले बढेका छन् ।

हिमालयन डिष्ट्रिलरीको आज एकै दिन झण्डै १२ करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै शिवम सिमेन्टको नौ करोड ५९ लाख रुपियाँको सेयर किनबेच भयो । आजै हिमालयन डिष्ट्रिलरीको सेयर एकै दिन १२२ रुपियाँले बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस