aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार छली ल्याएका फलफुल बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Reliance life insurance
भन्सार छली ल्याएका फलफुल बरामद
LBEF

महोत्तरी । शसस्त्र प्रहरी सम्सीको स.प्र.नी. नमराज पुडासैनीको कमाण्डमा निस्केको गस्ती टोलीले महोत्तरीको सम्सीमा भन्सार छली ल्याएका फलफुल बरामद गरेको छ । शसस्त्र प्रहरीको गस्ती टोलीले जेकजाँच गर्दा बिहिबार विहान सम्सिको बस स्टयानबाट ६० हजार मूल्य बराबरको फलफुल बरामद गरेको हो । 

बरामद फलफुलमा सुन्तला १० क्यारेट, अनार २५ कार्टुन, प्याज ३०० केजी रहेको छ। भारतिय बजारबाट प्र नं २-०२-००१ प ४३८ नम्बरको ओटोमा अबैध फलफुल ल्याइरहेको समयमा शसस्त्रको मोबाइल टोलीले चेकजाच गर्ने क्रममा बरमद गरेको हो । 

बरामद गरिएको फलफुललाइ आवशयक कार्वाहिकोलागि भन्सार कार्यालय जलेश्वर पठाइएको शसस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस