जीवन बीमा कम्पनीको देखियो लोभलाग्दो आम्दानी, ८ लाइफ र २ नन् लाइफको हेर्नुस् विवरण - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

जीवन बीमा कम्पनीको देखियो लोभलाग्दो आम्दानी, ८ लाइफ र २ नन् लाइफको हेर्नुस् विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Sunrise
जीवन बीमा कम्पनीको देखियो लोभलाग्दो आम्दानी, ८ लाइफ र २ नन् लाइफको हेर्नुस् विवरण
LBEF

काठमाडौं । हालसम्म १० बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसरी वित्तीय विवरण सार्वजनिक गर्नेमा आठ वटा लाइफ इन्सुरेन्स कम्पनीछन् भने दुई वटा नन् लाइफ कम्पनी छन् ।

दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेमा सिटिजन लाइफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एलआईसी नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् । 

सिटिजन लाइफ इन्स्योरेन्स  
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको छ महिना (दोस्रो त्रैमास) सम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४२ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासको अवधिमा कम्पनीमा १२ हजार ७ सय ९८ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १८३ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो। एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ४२ करोड १ लाख ३० हजार रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

गुराँस लाईफ इन्स्योरेन्स 
गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३१ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । गुराँस  लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । ९३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख रुपैयाँ संचिती रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६  करोड ५२ लाख रुपैयाँ मात्र संचित रहेको थियो । समिक्षा अवधिसम्म कम्पनीले ७ करोड ३५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ। वार्षिक प्रति शेयर आम्दानी भने १५ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १४१ रुपैया ६१ पैसा रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम २८ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ९५  करोड ५१ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । जगेडा कोष घटेको हो ।

समिक्षा अवधिसम्म कम्पनीले २३ करोड ५८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । वार्षिक प्रति शेयर आम्दानी भने १५ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १२२ रुपैया ०४ पैसा रहेको छ।

एलआईसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ६१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

जम्मा २ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४  करोड ८१ लाख रुपैयाँ संचिती रहेको थियो । जगेडा कोष भने १३ प्रतिशतले घटेको छ। समिक्षा अवधिसम्म कम्पनीले ७ करोड ६८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । यस अवधिसम्म कम्पनीको बीमालेख संख्या ७ लाख ५१ हजार ५ सय ०३ वटा बीमालेख जारी भएको छ । वार्षिक प्रति शेयर आम्दानी भने ७ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १३५ रुपैया ४१ पैसा रहेको छ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स 
नयाँ लाइफ इन्स्योरेन्स मध्येको रिलायबल नेपाल लाईफले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ६० प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ करोड १२ लाख रुपैयाँ रहेको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २७  करोड ३४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । जगेडा कोष १०७ प्रतिशतले बढेको छ। समिक्षा अवधिसम्म कम्पनीले १३ करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९२ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ। वार्षिक प्रति शेयर आम्दानी भने १८ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १४३ रुपैयाँ ९८ पैसा रहेको छ।

नेपाल लाईफ इन्स्योरेन्स 
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६/७७ को दोश्रो त्रैमासमा कुल  बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो ।

कम्पनीको जगेडा कोष ३० प्रतिशतले घटेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ३ अर्ब ७३ करोड रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३७ प्रतिशतले बढेर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३५ करोड ९ लाख खुद मुनाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा छ । कम्पनीले ३ अर्ब १९ करोड कुल दावी भुक्तानी गरेको छ भने ३ अर्ब १४ करोड खुद दावी भुक्तानी गरेको छ। त्यस्तै १ अर्ब २० करोड भुक्तानी हुन् बाँकी दावी रकम रहेको छ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३१ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम  ३५ प्रतिशतले वृद्धि १ अर्ब २८ करोड पुगेको छ।

कम्पनीको जगेडा कोष ३२ प्रतिशतले वृद्धि भएर  ५६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ४४ प्रतिशतले बढेर ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १५ करोड १९ लाख खुद मुनाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९२ पैसा छ 

प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ११० प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४  करोड ८७  लाख रुपैयाँ कुल बीमा शुल्क गरेको थियो । कम्पनीको जगेडा कोष १२४ प्रतिशतले वृद्धि भएर १४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो  आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने १९८ प्रतिशतले बढेर ५१ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३ करोड ५८ लाख खुद मुनाफा गरेको छ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २३ करोड २३ लाख खुद मुनाफा गरेको छ।  

गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २१ अर्ब २० करोड खुद मुनाफा गरेको थियो।  वार्षिक प्रति शेयर आम्दानी ४३ रुपैया ९५ पैसा छ भने किताबी मूल्य २७२ रुपैया १४ पैसा छ। १ अर्ब ५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५७ करोड ३२ लाख रकम रहेको छ भने बीमा कोषमा १ अर्ब १७ करोड रकम छ।  त्यस्तै महाविपत्ति जगेडामा ७ करोड ३३ लाख रकम छ । कम्पनीले यस अवधिमा ८२ करोड ६९ लाख कुल दावी भुक्तानी गरेकोमा ४६ करोड ९४ लाख खुद दावी भुक्तानी गरेको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स
लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रो  त्रैमाससम्म ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तिय विवरणमा उल्लेख छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६१ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा ० दशमलव ६५ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ । हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको कुल दावी भुक्तानी रकम ३९ करोड ३३ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकि रकम ५७ करोड ८३ लाख रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस