सिआईटीलाई 'मार्केट मेकर' बनाएपछि शेयर बजारमा कस्तो प्रभाव पार्ला ? - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

सिआईटीलाई 'मार्केट मेकर' बनाएपछि शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Sunrise
सिआईटीलाई 'मार्केट मेकर' बनाएपछि शेयर बजारमा कस्तो प्रभाव पार्ला ?
LBEF

काठमाडौं । नागरिक लगानीकोष (सिआईटी)लाई मार्केट मेकर बनाएपछि यसको कस्तो असर पर्ला ? आम लगानीकर्ताले यस्तै प्रश्न राख्ने गरेका छन् । केही लगानीकर्ताले शेयर बजार अब बुलिस ट्रेण्डनमा जाने कुनै हालतमा पनि नघटने बताएका छन् । केही लगानीकर्ताले नागरिक लगानी कोषलाई मार्केट मेकर दिँदा पनि यसले बजारलाई खासै अर्थ नराख्ने बताउँदै आएका छन् । 

पूँजी बजार ठूलो आकारको भएकाले नागरिक लगानीकोषले लगानी गर्ने ५ अर्ब रुपैयाँको रकमले बजारलाई तल माथि गर्न सक्ने सम्भावना नभएकाले पनि बजारमा यसको प्रभाव नगन्य हुने शेयर विश्लेषकको भनाइ छ ।

नागरिक लगानी कोषलाई मार्केट मेकरको काम गर्न दिँदा बजारमा सकारात्मक सन्देश जाने र शेयर बजार बढन सक्ने शेयर बिश्लेषकले अनुमान गरेका छन् । निरन्तर ओरालो लागेर ११०० अंकको नजिकमा झरेको नेप्से अहिले बढेर १३५३.२९ अंकमा पुगेको छ । नागरिक लगानी कोष शेयर बजारमा प्रवेश हुने हल्लाले बजार बढने सम्भावना पनि त्यतिकै देखिएको छ ।

नागरिक लगानी कोष सहायक कम्पनीले शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्ने जस्ता काम गर्ने भएकाले शेयर बजार धेरै नघटने स्टक ब्रोकरको भनाइ छ । उक्त कम्पनी स्थापनाले शेयरबजारमा स्थायित्व आउने लगानीकर्ताको अपेक्षा गरेका छन् ।

नागरिक लगानी कोष बाहेक सञ्चय कोषलगायतले पनि स्टक डिलरको काम गर्न सक्ने व्यवस्था छ । यसले बजार अब कुनै हालतमा पनि घटन सम्भाबना नरहेको लगानीकर्ताको भनाई छ ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’ संशोधन गर्दै वाणिज्य बैंक, सीआईटी, सञ्चयकोष जस्ता विशेष ऐनद्वारा स्थापित कम्पनीलाई स्टक डिलरको काम गर्न बाटो खुला गरिदिएको थियो । त्यसपछि सीईआटीले स्टक डिलरको काम गर्न यो कम्पनी स्थापना गरेको हो । सीआईटीले स्टक डिलर कम्पनी स्थापना गर्न पहिलेदेखि नै लबिङ गर्दै आएको थियो ।

बोर्डद्वारा संशोधित नियमावलीमा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले अनुमति लिएर धितोपत्र दलाल वा व्यापारीको काम गर्न सक्ने उल्लेख छ । अब उक्त कम्पनीले स्टक डिलरको काम गर्न धितोपत्र बोर्डबाट स्वीकृति लिनपर्ने छ, त्यसपछि मात्रा कम्पनीले स्टक डिलरको काम गर्न पाउनेछ । 

नागरिक लगानी कोषले शेयर किनबेच गर्ने उद्देश्यले छुट्टै स्टक डिलर कम्पनी स्थापना गरेको छ । सीआईटीको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी नागरिक स्टक डिलर कम्पनी बुधवार कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । यससँगै सीईआइटीलाई औपचारिक रूपमै स्टक डिलरको काम गर्ने बाटो खुला भएको हो । 

सीआईटीको सहायक कम्पनीका रूपमा स्थापना गरिएको उक्त कम्पनीको चुक्ता पूँजी ५ अर्ब र अधिकृत पूँजी १० अर्ब हुने भएको छ । त्यसमा सीआईटीले २ अर्ब ५५ करोड लगानी गर्नेछ । उक्त कम्पनीमा नेपाल टेलिकमको ९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत शेयर स्वामित्व हुने सीईआटीको भनाइ छ । 

सीआईटीका अनुसार नेपाल टेलिकमले ४५ करोड र नेपाल पुनर्बीमा कम्पनीले ५० करोड शेयर लगानी गरेका छन् । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारण अर्थात् आईपीओमार्पmत जुटाइने सीआईटीको भनाइ छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर १ अर्ब ५५ करोड बराबरको आईपीओ जारी गर्ने सम्भावना छ ।  


 

प्रतिक्रिया दिनुहोस