भ्यालेन्टाइन दिवसमा यी ठाँउहरु जानुहोस् - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

भ्यालेन्टाइन दिवसमा यी ठाँउहरु जानुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
Sunrise
भ्यालेन्टाइन दिवसमा यी ठाँउहरु जानुहोस्
LBEF

काठमाडौं । प्रेमको मौसम चैतर्फी छाएको छ र हामी यसलाई महशुस गर्न सक्दछौं । र, यदि तपाईं कसरी आकर्षण गर्ने भनेर अनिश्चित हुनुहुन्छ भने तपाईंका लागि ओयो छ । ओयोले विभिन्न शहरहरुमा धेरै संख्यामा होटेल प्याकेजहरु प्रदान गरिरहेको छ जसले तपाईंलाई पर्फेक्ट गेटवेको योजना बनाउन प्रेरित गर्दछ । चाहे तपाईं शहरबाट छुट्टीको खोजीमा हुनुहुन्छ वा आफ्नो पार्टनरलाई सत्कार गर्न खोजीरहनु भएको छ, तपाईंले पक्कै पनि ओयो होटेलमा उत्तम ठाँउ पाउनुहुन्छ । 

ओयो होटेलले तपाईं र तपाईंको पार्टनरलाई आरमदायी र सहज ठाउँमा स्वागत गर्ने वाचा गर्दछ जहाँ तपाईंले रोमान्टिक–कमीडी म्याराथन हेर्दै, स्वादिष्ट मेन्युबाट खाना अर्डर गर्दै, निशुल्क वाईफाईको माध्यमबाट आफ्नो लोकप्रिय शोहरु हेर्दै र उच्च–स्तरीय सेवाहरु जस्तै कम्प्लीमेनटरी ब्रेकफास्ट र एयर–कन्डिसन कोठाहरुको आनन्द लिन सक्नुहुन्छ । त्यसोभए, तपाईंको भ्यालेन्टाइन दिवसलाई अद्भुत बनाउनका लागि यहाँ शिर्ष ५ ओयो होटेलका सुचीहरु रहेका छन् । 

तालहरु र प्रेमको शहर – पोखरा 
तालहरुको शहरमा यस वर्षको यो समय भन्दा बढि रोमान्टिक हुन सक्दैन । पोखराको सुन्दर तालहरुसँगको एक निर्मल बिहानी कुनै फिल्मको दृश्य भन्दा कम छैन । क्यापिटल ओ ६५३ सेभेन लेक रिसोर्ट, बेग्नास ताल नजिकै रहेको भण्डारडिकमा अवस्थीत एक उत्तम प्रोपटी हो, जुन पोखरामा तपाईंको प्रेमपुर्ण दिन बिताउनका लागि उत्तम स्थान हुनेछ । यो आश्चार्यजनक प्रोपटीमा विभिन्न सुविधाहरु जस्तै स्विमिंग पूल, कन्फरेन्स रुम, बगैँचा, सुन्दर काठका इन्टेरियर भएको रेष्टुरेन्ट र बार तथा निशुल्क वाईफाई रहेको छ ।

इतिहासलाई सँगै पुनःखोजौं – पाटन
काठमाडौं उपत्यकाको सबैभन्दा पुराना शहर मधयको एक, पाटन प्रसिद्ध एतिहासिक दरबारहरु, वास्तुकला, ढुङ्गा र काठका चित्रकला र मन्दिरको साथ जीवन्त छ । पुरानो शहरको इतिहास र संस्कृति पत्ता लगाउँदा त्यसले तपाईलाई कुनै विशेष मान्छेसँग अझ नजिक ल्याउन सक्छ ।

पाटन दरबार स्क्वायरबाट केवल २ किलोमिटर दुरिमा रहेको साङग्रीला ब्लू होटेल आधुनिक कोठाहरुका साथ सुरुचिपूर्ण इन्टेरियर प्रदान गर्दछ । यो प्रोपटी जोडीहरुले धेरै मन पराउँछन किनकी संस्कृति, मन्दिर र मोन्यूमेन्टहरुमा रुची राख्नेहरुका लागि यो छिटो गेटवे हो । 

अस्तव्यस्त काठमाडौं शहरमा प्रेम खोज्नुहोस्
यदि तपाईं काठमाडौं शहरमा आफ्नो प्रियजनसँग भ्यालेन्टाइन मनाउन आरामदायक ठाँउ खोजीरहनु भएको छ भने क्यापिटल ओ ६९७ स्वर्निम बुटिक होटेल तपाईंको लागि उत्तम हुनेछ ।

तपाईंले निशुल्क वाईफाईका साथ राम्रो रोमान्टिक नेटफ्लीक्स स्ट्रीम गर्न सक्नुहुन्छ र आफ्नो मनपर्ने खाना अर्डर गर्दै न्यायो ओछ्यानमा आराम गरेर यसको मज्जा लिन सक्नुहुन्छ । बुटिक होटेलमा भएको काठको उत्तम इन्टेरियरले तपाईंलाई स्वागतमय स्पर्श गराउँछ ।
 
प्राकृतिक आनन्द उठाउनु – दाङ
पछिल्ला दुई वर्ष यता दाङमा आगन्तुकहरु आउने गरेका छन् । धेरै हटस्पटको विकासले गर्दा यो शहरले बढि भन्दा बढि पर्यटकहरु तानिरहेको छ । चुरे पहाडको काखमा रहेको जाखरा तालले दर्शनीय सुन्दरता प्रदान गर्दछ जहाँ तपाईंको जोडीले डुङ्गा यात्राको आनन्द लिन सक्नुहुन्छ ।

यो ठाँउ प्राकृतिक पैदल यात्राका लागि उत्तम ठाँउ हो र त्यसपछि तपाईं लेकसाइडमा रोमान्टिक पिक्निकका लागि आराम गर्न सक्नुहुन्छ । प्राकृतिक सुन्दरता बाहेक दाङमा थारु म्युजीयम र अस्ट्रिच फार्म छ जुन घुम्न योग्य छन् । यदि तपाईं घुम्नका लागि दाङ जादैँ हुनुहुन्छ भने त्यहाँ बस्नका लागि क्यापिटल ओ ६८६ माला इन रहेको छ ।
 
मनमोहक धुलिखेल
काठमाडौंबाट एक घण्टा मात्र टाढा रहेको धुलिखेलमा तपाईं प्रियनजसँग जानुहोस् । धुलिखेल मन्दिरहरु, सुन्दर पहाडहरु, कृषि फाँट र पूर्वमा क्यारलोङगदेखि पश्चिममा हिमालचुलीसम्म पहाडका दृश्यहरुका लागि प्रख्यात छ ।

 धुलिखेलमा केहि स्थानहरु छन् जुन इन्स्टाग्राम तस्वीरहरुका लागि योग्य छन् । नमो बुद्ध यहाँको लोकप्रिय गन्तव्य मध्यको एक हो । यदि तपाईं दुई जनाका लागि यात्राको तयारी गरिरहनु भएको छ भने ओयो २५६ माउन्ट प्रिन्सेस होटेलले किफायती र भरपर्दो आवास प्रदान गर्दछ ।
 
प्रेमको यो महिनाका लागि ओयोले भ्यालेन्टाइन विक एप सेल ल्याएको छ जसले विभिन्न ओयो पार्टनरहरुबाट आकर्षक अफरहरु प्रदान गर्दछ । यसका साथै तपाईंले भ्यालेन्टाइन दिवसको दिन आफ्नो पार्टनरसँग ओयो २३६ होटेल बेली नेपाल गएर स्प्रेडिंग लभ इभेन्टमा सहभागी हुन सक्नुहुन्छ जहाँ साल्सा नृत्य, रोमाञ्चक खेलहरु र गिभअवे रहेका छन् । 

प्रतिक्रिया दिनुहोस