aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

यस्तो छ चालु बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
Sunrise
यस्तो छ चालु बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ
LBEF

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बुधबार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट समीक्षा गरेका छन् । मन्त्रालयको सभाहलमा उनले चालु बजेटको अर्धवार्षिक समीक्षा गरेका हुन् । 

यस्तो छ समष्टिगत आर्थिक तथा वित्तीय स्थिति

विगत २ वर्षदेखिको निरन्तर सुधारको प्रयासले समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदै गएका छन्। आर्थिक वृद्धिदर उच्च रहँदै आएको छ भने मुद्रास्फीति निश्चित सीमाभित्र नै रहेको छ। गत छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा सुधार हुँदैछ। चालु खाता घाटा आधा भएको छ भने भुक्तानी सन्तुलन स्थिति सुदृढ हुँदै गएको छ। विदेशी तथा आन्तरिक लगानी प्रतिवद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको छ। समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको पहुँच विस्तार भएको छ।

नयाँ कानून र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार हुँदैछ। यद्यपि, आयातमा आएको ह्रास र नयाँ राजस्व प्रणाली प्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजस्व अपेक्षाकृत संकलन हुन सकेको छैन भने समग्र बजेट कार्यान्वयनको गतिमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हुन सकेको छैन। बाह्य सहायता परिचालनतर्फ दात निकायको प्रतिवद्धता र बजेट सहयोग उत्साहजनक रूपमा बढ्दै छ भने यस्तो सहायताको तीब्र उपयोग गर्न सक्ने क्षमता भने अझ बढाउनु पर्नेछ।

लगानीमैत्री कानुनहरूको निर्माण र पारदर्शी एवं उद्योगमैत्री राजस्व नीतिका कारण निजी क्षेत्रको व्यवसायिक विस्तार भएको छ। केही खाद्यान्नबाहेक कृषि क्षेत्रमा भएको वृद्धि, औद्योगिक उत्पादनमा भएको विस्तार, होटल लगायतका पर्यटन पूर्वाधारमा बढेको लगानी, जलविद्युत आयोजना, सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधारको निर्माण तथा पुरातात्विक भवन, निजी आवास, विद्यालयलगायत भुकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा आएको तीव्रता, वित्तीय क्षेत्रको विस्तार समेतबाट चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको निरन्तरता कायम भई बजेटले लक्षित गरेको आर्थिक वृद्धिको नजिक पुग्न सक्ने देखिन्छ। यद्यपि, केही चुनौतीहरू देखिएकाले थप मेहनत गर्नुपर्ने आवश्यकता छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा केही उच्च रही ६.४ प्रतिशत पुगेको छ। केही खाद्य वस्तुको मूल्य वृद्धि उच्च भएकाले समग्र मूल्य स्थितिमा चाप परेको छ।

कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्धि भई रू ५७ अर्ब । २८ करोड पुगेको छ। कुल वस्तु आयात ४ प्रतिशतले घटेर रू।६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ। कुल व्यापार घाटा ६.१ प्रतिशतले घटी रू ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वद्धि भई रू ४ खर्व ४७ अर्व २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो। यस अवधिमा चालु खाता घाटा अघिल्लो वर्षको तलनामा झण्डै आधा मात्र रही रू ८२ अर्ब १ करोडमा सीमित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू १ खर्ब ५२ अर्ब १६ करोडले अर्ब ६५ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू ६३ अबमा शाधनान्तर स्थिति रू ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो। यस अवधिमा विदेशी विनिमय सञ्चिति रू ५७ अर्बले वृद्धि भई रू विनिमय सञ्चिति रू ५७ अर्बले वृद्धि भई रू १० खर्ब ९६ अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर २.६ महिनाको वस्तु आयात आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

बैंकिङ्ग क्षेत्रको निक्षेप परिचालन र निजी क्षेत्रमा जाने कर्जा प्रवाह दुबै अघिल्लो वर्षको तुलनामा वृद्धि पनि पहिलो छ महिनामा दुबै वृद्धिदर कम रहेका छन। व्याजदरमा स्थिरता आएसँगै लगानीको लागि अनुकूलता थपिएको छ। नेप्से सूचकाङ्क गत वर्षको यही अवधिको तुलनामा ८५ विन्दुले वृद्धि भई १२६३.४ विन्दुमा पुगेको बजेट खर्च र स्रोत परिचालन गरिएको छ । कुल विनियोजन रू।१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख मध्ये पहिलो ६ महिनामा रू ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख खर्च भएको छ। यो खर्च कल विनियोजनको २७.६ प्रतिशत हो।

चालु खर्च तर्फ रू ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख अर्थात विनियोजनको ३२.४ प्रतिशत, पँजीगत र वित्तीय व्यवस्थातर्फ विनियोजनको क्रमशः रू ६२ अर्ब ७६ करोड ६७ लाख अर्थात १५.४ प्रतिशत र रू ५० अर्ब १७ करोड ७० लाख अर्थात २९.९ प्रतिशत खर्च भएको छ।

नेपाल सरकारको स्रोततर्फको गत आर्थिक वर्षको सोही अवधिभन्दा ६।० प्रतिशतले खर्च बढेको छ। वैदेशिक अनुदानबाट व्यहोर्ने खर्च गत वर्षभन्दा ८४ प्रतिशतले खर्च बढेको छ भने वैदेशिक ऋणतर्फ गत वर्षको तुलनामा ७९.२ प्रतिशतले वृद्धि भएको छ। २०७६ माघ २८ गतेसम्म कुल खर्च रू ४ खर्ब ८२ अर्ब ८१ करोड ४२ लाख भएको छ। यो विनियोजनको ३१.५ प्रतिशत हो। माघ महिनाको अन्त्यसम्ममा सोझै भुक्तानी हुने खर्चसहित ३२.५ प्रतिशत पुगेको अनुमान छ। समीक्षा अवधिमा केही क्षेत्रहरूमा अघिल्लो वर्षको तुलनामा कम खर्च भएको छ। यस अन्तर्गत पुनर्निर्माण, प्रदेश तथा स्थानीय तहमा रकम हस्तान्तरण, अघिल्लो वर्षको बजेटबाट खर्च जस्ता कारणहरू छन्।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेकोले अनुदान वितरणको रकम गत वर्षको भन्दा रू १४ अर्ब १४ करोडले घटी हुन गएको छ। नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता संघीय संसदबाट अनुमोदन हुन ढिलाइ भइरहेकोले विनियोजित बजेट रू १० अर्ब खर्च हुन सकेको छैन ।

कतिपय प्रदेश तथा स्थानीय तहले सञ्चित रकमबाट खर्च व्यवस्थापन गरेकाले गत वर्षको तुलनामा यो वर्ष करिब रू १८ अर्ब कम वित्तीय समानीकरण र सशर्त अनुदानको रकम हस्तान्तरण भएको केही ठूला आयोजनारकार्यक्रमहरूको कार्यान्वयन विधिको निर्णय, कार्यविधि तर्जुमा र रकम बाँडफाँट नभएकोले अपेक्षित खर्च हुन सकेको छैन ।

सार्वजनिक खरीद प्रणाली र निर्माण व्यवसायीका सन्दर्भमा देखिएका समस्या हल गर्न समय लागेका कारण केही समयसम्म आयोजना कार्यान्वयनमा आउनेछन् । 

प्रतिक्रिया दिनुहोस