aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

बजेट समीक्षाः बजेटको आकार घटाइयो, ८० प्रतिशत विकास खर्च गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
Sunrise
बजेट समीक्षाः बजेटको आकार घटाइयो, ८० प्रतिशत विकास खर्च गरिने
LBEF

काठमाडौं । सरकारले चालु बजेटको आकार करिब साढे १ खर्बले घटाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक बजेटको आकार संशोधन गरी १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको जानकारी दिएका हुन् ।

खतिवडाले गत जेठ १५ गते बजेट भाषणमार्फत चालु आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। समीक्षामा पुँजीगत खर्च ८० प्रतिशत पुग्ने अनुमान गरिएको उनले बताए। राष्ट्रिय गौरवका आयोजनाहरूको खर्च समग्रमा २० प्रतिशतभन्दा तल रहेको उनले जानकारी दिए।

अर्थमन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिको लक्ष्य नजिक पुगेको दाबी गरेका छन् । उनले कुल वस्तु निर्यातमा बृद्धि र आयातमा कमी भएको बताए । अर्थमन्त्री खतिवडाले भने, ‘ चालू  बजेट घाटामा आधा कमी भएसंगै ब्याज दरमा स्थिरता भएका कारण लगानीको वातावरण बनेको छ ।’ उनले राष्ट्रिय गौरवका आयोजनाको प्रगती सामान्य रहेको जनाए । उनले खर्चको अवस्था २० प्रतिशत भन्दा तल रहेको र आर्थिक क्षेत्रका मन्त्रालयका खर्चको अवस्था हेर्दा ९ लाख ६७ हजार प्यान लिने बढेर ३१ लाख पुगेको बताए । 

समीक्षा अवधिमा भन्सार राजस्व लक्ष्यभन्दा कम रहेको बताईएको छ । उनले तीनै तहमा रोयल्टी बाँडफाँड सम्बन्धी विधिको छलफल मन्त्रिपरिषदमा छलफल चलेको बताए । त्यस्तै उनले भने, ‘आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ। एकीकृत रूपमा भौतिक निर्माण गर्ने र एकीकृत ठेक्का लगाउने गरी शहरी विकास मन्त्रालयबाट कानुन निर्माण भइरहेको र त्यो नहुन्जेल सम्म पनि त्यहीं अनुसारको अभ्यास शुरू गरिएको छ ।’

अर्थतन्त्रका समग्र सूचक यस अवधिमा सन्तोषजनक रहेको उनले दाबी गरे। 

अब कुन कर्मचारीलाई कस्तो कोठा, गाडी र फर्नीचर दिने भन्ने कुरा निश्चत गरिने भएको छ। अहिलेको  विश्व परिवेशमा कुनैपनी मुलुकका अर्थमन्त्री गहिरो निन्द्रा सुत्न सकेका छैनन्। तथापी नेपालको स्थिती केही सहज छ। 
 

प्रतिक्रिया दिनुहोस