पासवर्ड ह्याक भएको छ वा छैन थाहा पाउन के गर्ने ? - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

पासवर्ड ह्याक भएको छ वा छैन थाहा पाउन के गर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
Sunrise
पासवर्ड ह्याक भएको छ वा छैन थाहा पाउन  के गर्ने ?
LBEF

काठमाडाैं । सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबारका दिन (फेब्रुवरी ११)मा गुगलले नयाँ सुविधा थपेको छ। यसबाट तपाईंले आफ्नो पासवर्ड ह्याक भएको छ वा छैन भन्ने थाहा पाउन सक्नुहुन्छ ।

यसबाहेक गुगलको पासवर्ड चेकअप फिचरले तपाईंले कतिपटक एउटै पासवर्ड प्रयोग गर्नुभएको छ र गुगलसँग जोडिएका तपाईंका कुन–कुन पासवर्ड कमजोर छ पनि पत्ता लगाउनेछ ।

कसरी परीक्षण गर्ने ?

गुगलको पासवर्ड चेकअप सेवा प्रयोग गर्न पासवर्डस् डट गुगल डट कमबाट जान सक्नुहुन्छ। यसबारे गुगल इन्डियाले ट्वीट पनि गरेको छ-

यसले तपाईंको गुगल एकाउन्टसँग जोडिएका वेभसाइट र एपहरूको सूची पनि देखाउँछ। त्यसबाट तपाईंले ती एप वा वेभसाइटका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस