aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

छ महिनामा रिलायन्स फाइनान्सको नाफा ६ करोड २२ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
Citizen life
nabil bank
छ महिनामा रिलायन्स फाइनान्सको नाफा ६ करोड २२ लाख
Global IME
LBEF
yamaha_MAW

काठमाडौं  । चालू आवको छ महिना(दोस्रो त्रैमास) मा रिलायन्स फाइनान्स कम्पनीले रू. ६ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४ गुणाले वृद्धि भएको हो ।

 सो अवधिमा कम्पनीले रू. ४३ लाख ५० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी फागुन १६ गते साधारण सभा आयोजना गरेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. ८३ करोड २४ लाख छ । रिर्जभ कोषमा रू. १६ करोड ४० लाख छुट्याएको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६३ करोड निक्षेप सकंलन भएको छ भने रू. ३ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको हो । 

कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड २९ लाख छ । प्रतिशेयर आम्दानी रू. १४ दशमलव ९५, मूल्य आम्दानी अनुपात ८ दशमलव ०९, तरलता अनुपात ३२ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव १३ छ । 
 

प्रतिक्रिया दिनुहोस