aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको नाफा १२.४७ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
Citizen life
nabil bank
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको नाफा १२.४७ प्रतिशतले बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको खुद नाफा यस वर्ष गत वर्षको तुलनामा १२ दशमलव ४७ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ६ करोड ४ लाख ५४ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७९ लाख ९७ हजार खुद नाफा गरेको हो ।

 सञ्चालन मुनाफा गत वर्षभन्दा १२ दशमलव ४७ प्रतिशतले बढी भएको छ । गत वर्ष रू. ८ करोड ६३ लाख ६४ हजार सञ्चालन मुनाफा भएकोमा यस वर्ष रू. ९ करोड ७१ लाख ३९ हजार भएको छ । 

यस वर्ष २ दशमलव ३५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी रू. ८२ करोड ९० लाख ३५ हजार पु¥याएको कम्पनीको जगेडा कोष ५ दशमलव ७५ प्रतिशत बढेर रू. २१ करोड ६६ लाख १० हजार कायम भएको छ ।

 निक्षेप संकलन गत वर्षको तुलनामा १० दशमलव ३२ प्रतिशत र कर्जा प्रवाह ५ दशमलव ७७ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले रू. ४ अर्ब ७६ करोड ७ लाख ६९ हजार निक्षेप संकलन गरेको हो भने रू. ४ अर्ब ३२ करोड ८८ लाख ८८ हजार कर्जा प्रवाह गरेको हो । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४० छ ।

प्रतिक्रिया दिनुहोस