aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
Bajaj_Bike
Tasen

फेस भ्यालुभन्दा कम मूल्यका शेयर नै किन बिकेन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
फेस भ्यालुभन्दा कम मूल्यका शेयर नै किन बिकेन ?
LBEF

काठमाडौं । अंकित मूल्य (फेस भ्यालु) भन्दा कम मूल्य भएका कम्पनीको शेयर बिक्री गर्न कठिन हुने गरेको छ । कम्पनीको शेयर सार्बजनिक निष्कासन गर्दा सर्वसाधारणले उत्साहका साथ सहभागिता जनाए पनि लामो सयमसम्म प्रतिफल दिन नसकेका कारण ती कम्पनीको शेयर समेत बिक्री हुन छाडेका हुन् ।

यतिबेला खासगरी बीमा र लघुवित्तको लाभांश वितरणको गरमा गरम चलिरहकेको छ । बढी लाभांश खुवाउने कम्पनीको शेयर किनबेच गर्ने होडमा लगानीकर्ता छन् । बजारमा यस्ता कम्पनी पनि छन् जसको मूल्य प्रतिकित्ता सय भन्दा कम छ र कारोबार पनि नियमित हुँदैन् । फेस भ्यालु भन्दा कम मूल्यका शेयर बेच्न पनि समस्या भएको नेपाल स्टक ब्रोकरको भनाइ छ  ।

आईपीओ भन्दा कम मूल्य हुनेमा जलविद्युत कम्पनी धेरै छन् । जलविद्युत कम्पनीको शेयर मूल्य पनि अंकित मूल्यभन्दा कम छ । बरुण हाइड्रो पावरको शेयर बिक्रीका लागि राखेको लामो समयसम्म पनि बिक्री भएन् । 

‘अन्ततः प्रतिकित्ता ९२ रुपैयाँमा बिक्री भयो,’ एक ब्रोकरले भने, ‘त्यही पनि धेरै कित्ता बिक्री भएन ्। बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९२ रुपैयाँको हाराहारीमा छ ।

छ्याङदी हाइड्रोपावर कम्पनीको मूल्य पनि ८८ रुपैयाँको हाराहारीमा छ । जवकी लगानीकर्ताले यी र यस्ता कम्पनीको शेयर प्रतिकित्ता एक सय रुपैयाँमा दरले आधादशक भन्दा पहिले नै खरिद गरेका थिए ।

सयभन्दा तल भएका शेयर भनेको समयमा बेच्न गाह्े हुने गरेको लगानीकर्ता बताउँछन् । आईपीओमा परेको मुल्य भन्दा न्यून अंकमा ओर्लिएर बेच्नु पर्दा बिक्रीकर्तालाई सावाँ र ब्याज त नोक्सान भएको छ नै त्यसको अलाबा आबश्यक समयमा नगदमा रुपान्त्रण गर्न सकिरहेका छैनन् ।  ‘कम मूल्य भएका कम्पनीको शेयर निल्नु र ओकल्नु सरह भएको छ,’ एक ब्रोकरले भने ।

सर्बसाधारण लगानीकर्ता आईपीआमा  शेयर पाउन हत्ते गर्छन् । दोस्रो बजारमा मूल्य बढ्ने भएकाले आईपीओमा  सय दरको शेयर किनेर फाइदा लिने उनीहरुको आशा हुन्छ । तर आईपीओ भन्दा तल मुल्य झरिसकेका कम्पनीका शेयर लगानीकर्ताको आशा निराशामा परिणत हुन पुगेको छ । 
कम्पनीको नाफा नोक्सान, उसले दिने लाभांश र संस्थागत सुशासन जस्ता बिषयले शेयर मूल्यमा प्रभाव पार्छ । संस्थागत सुशासन नभएका बैंक तथा वित्त कम्पनी शेयर मूल्य पनि कमै हुने गरेको नेपाल स्टक एक्चेन्ज (नेप्से)को भनाइ छ । 

नेप्सेले शेयर मूल्य तल माथि पार्ने नैतिक जिम्मेवारी त हुँदैन । तर, ठूला लगानीकर्ताले सोझा साझा लगानीलाई फसाउने काम गर्न थाले भने सचेत समेत बनाउने काम भने नेप्सेले गर्ने गरेको छ । ‘सचेत बनाउने काम मात्र गर्छौ’ नेप्सेका एक उच्च अधिकारीले भने । नेप्सेले केही सयम अघि शेयर मूल्य बेलुन जस्तै फुलान खोज्दा लगानीकर्तालाई सचेत पार्ने काम गरेको थियो ।

लगानीकर्तालाई हरेक बर्ष लाभांश बढाएका कारण युनिलिभरको शेयर दोस्रो बजारमा सबैभन्दा आकर्षित देखिन्छ । तर सञ्चालनको लामो समयसम्म कुनै प्रतिफल दिन नसक्ने तथा प्रगतिको लक्षण पनि नदेखाएका कम्पनीहरु प्रति भने लगानीकर्ताले नैराश्य प्रकट गर्छन् । त्यही आशा र निरासा नै शेयर मूल्यको रुपमा बजारमा प्रकट हुुने गरेको छ ।

आईपीओ भन्दा तल शेयर मूल्य ओर्लिएका कम्पनीहरुमा  जलविद्युत समूहका धेरै छन् । प्रत्यक्ष निगरानी पनि तुलानात्मक रुपले कम हुने तथा पछिल्लो सयम समस्यमा पर्ने आधिकाशं कम्पनीहरु जलविद्युत कम्पनी समूहका भएकाले पनि यीनीहरु प्रति सर्वसाधारणको भरोसामा कमी आएको हो । 

आईपीओमा सय रुपैयाँ हालेर जलविद्युत कम्पनीको शेयर किन्ने लगानीकर्ताले हालसम्ममा सावाँ ब्याज गुमाइ सकेका छन् । न्यून मूल्यमा बिक्री गर्न खोज्दा पनि कम्पनीको शेयर खरिद कर्ता भेट्याउन सकेका छैनन् । जलविद्युत कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताले भने आशा र भरोसा समेत गुमाइसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस