aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

स्वामी आनन्द अरुणद्वारा रचित आत्मवृतान्त 'ओशो अचम्म जो मैले देखे' सार्बजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
Sanima Bank
स्वामी आनन्द अरुणद्वारा रचित आत्मवृतान्त 'ओशो अचम्म जो मैले देखे' सार्बजनिक
LBF

विस्तारै हामीले उनमा परिवर्तन देख्न थाल्यौ, उनी तेजिला देखिन थाले, उनीभित्र शान्ति र आनन्द प्रवाहित भइरहेको आभास हुन्थो । मनको जन्जालमा फसेका हामीलाई उनको यो स्थिति देखेर आश्चर्य र आरिस दुवै हुन्थो । तर, उनको त्यो परिवर्तन...     

माथिको हरफ स्वामी आनन्द अरुणद्वारा रचित आत्मवृतान्त ओशो अचम्म जो मैले देखेबाट साभार गरिएको हो । ओशो तपोवनमा शनिवार एक भब्य कार्यक्रमकाबीच उक्त  किताबको  विमोचन  नेकपाका प्रवक्ता  नारायणकाजी  श्रेष्ठ ,नेपाली कांग्रेसका नेता प्रदिप गिरि तथा  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित ,निर शाह,घटना र विचारका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा  सांसद रामबीर मानन्धर , पूर्वसभामुख दमननाथ ढुंगाना , कलाकारहरू मदनकृष्ण श्रेष्ठ , निखिल उप्रेती,  वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार टिकाराम यात्री, डा. ऋषि काफ्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, लोकेश ढकाल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, साहित्यकार शारदा शर्मा, अमर न्यौपाने, जलश्रोतविज्ञ अरुण सुवेदी, नेपाल सरकारका सचिव देवेन्द्र कार्की लगायत ठूलो संख्यामा ओशो अनुयायीहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी  श्रेष्ठले आजको दिनमा ओशोले प्रतिपादन गरेका ध्यानका विधिहरु बैज्ञानिक भएको भन्दै अब यसको प्रयोगमा राज्यस्तरबाटै पहलकदमी हुनुपर्ने बताए । साथै उनले स्वामी आनन्द अरुणले अहिले चलाउनु भएको अभियान र तपोवनको  रक्षा गर्नु जरुरी छ भन्दै त्यसमा कमि कमजोरी भए सच्चाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा डा. सुन्दरमणि दीक्षितले अहिले नेपालको धर्म र संस्कृतिमा ठूलो प्रहार भएको भन्दै यसलाई बचाउनका लागि सबै जना आ–आफ्नो ठाउँबाट उठेर लाग्नुपर्ने बताए । साथै उनले देशमा डलर खाएर परिवर्तन भएका नेताले नेपाली बौद्धिक सनातन धर्मलाई मार्न खोजेको र यसमा सरकार स्वयम् मौन बसेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

कार्यक्रममा स्वामी आनन्द अरुणले पुस्तक एक  प्रेम कथा  भएको र  यो प्रेम गाथाको शुरुवात सन् १९६९ देखि शुरु भएर १९८१ सम्म ओशोको शारीरिक सान्निध्यमा बिताएका क्षणहरुको स्मृतिमा लेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस