aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

उन्नति लघुवित्तको नाफा ३ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
Sunrise
उन्नति लघुवित्तको नाफा ३ करोडभन्दा बढी
LBEF

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले यस वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ८ लाख ९४ हजार नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ४६ दशमलव २५ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा रू. २ करोड ११ लाख २४ हजार थियो । 

चुक्तापूँजी रू. ८ करोड ८२ लाख ७५ हजार पुगेको कम्पनीको जगेडा कोष रकम रू. ८ करोड २६ लाख १७ हजार छ । चुक्तापूँजी १४ प्रतिशत र जगेडा कोष १८३ प्रतिशत बढी भएको हो ।

 निक्षेप संकलन ४४ दशमलव ७४ प्रतिशत बढी रू. ६४ करोड ४३ लाख र कर्जा प्रवाह गत वर्षभन्दा ३५ प्रतिशत बढी रू. १ अर्ब ६८ करोड २१ लाख भएको छ । निष्क्रिय कर्जा १ दशमलव ८८ प्रतिशत रहेको छ । हाल कम्पनीले १५ जिल्लाहरुमा ३९ वटा शाखा कार्यालयहरुमार्फत सेवा दिईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस